२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा आगलागीबाट पचास लाखको क्षति

२०७६, ४ बैशाख बुधबार १२:१९

वैशाख ४, सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको छ । 

आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट पशुपति रेडिमेड स्टोर, शौरभ शीतल महल, श्री पशुपति होटल, अमृत वैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको छ ।

आगलागी भएको पशुपति कोल्ड स्टोरका सञ्चालक अमृत साहका अनुसार घर र पसलहरु रहेको राजविराजको मुख्य बजारमा लागेको नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो । 

बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आगलागी लागेको घटनाबारे र क्षतिको बाँकी विवरण सङ्कलन कार्य भइरहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा