Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काभ्रेमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

By साझासवाल

<p><b>वैशाख ६, बनेपा ।</b> काभ्रेपालञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँस्थित बिपी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस र मोटरसाइकलबीच आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।</p><p>जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काभ्रेपलाञ्चोकको भकुण्डेबाट काभ्रेभञ्ज्याङतर्फ आउँदै गरेको बा८६प ३५२६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको बा३ख ९४५३ नंको यात्रुबाहक बसलाई ओभरटेक(उछिन्ने) क्रममा आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी बस्ने अन्दाजी वर्ष १५ की लक्ष्मी मगरको मृत्यु भएको हो । उहाँको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३ चुनीखेल बस्ने वर्ष ३५ को सुनिल श्रेष्ठ घाइते भएको र उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।</p><p>बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । रासस</p>