2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गर्यो

वैशाख ११, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो । 

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, इञ्जिनीयर जनक न्यौपाने, नगरपालिकाका प्राविधिक एवं कर्मचारी र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको हो । 

नगरपालिकाले वडा नं ४ मा दधिकोटमा नगरस्तरीय रु ९७ लाखको लागतमा निर्माण भइरहेको हर्षचोक–तर्खगाल सडकको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको अनुगमन गरेको छ । यो सडकमा भएको काममा ठेकेदार कम्पनीको लापरवाही पाइएको र निर्माण सामग्री गुणस्तरको नभएको पाइएको समितिका अध्यक्ष सापकोटाले बताउनुभयो ।

त्यस्तै रु ३० लाखको वडास्तरीय बजेटबाट सोही सडक खण्डको दोस्रो चरणमा भइरहेको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको समेत अनुगमन गरेको छ ।

 प्रदेश सरकारको रु ५० लाखको बजेटमा निर्माण भइरहेको गाम्चा–तर्खगाल सडक र अर्को रु ५० लाखको लागतमा दधिकोट–गाम्चा सडकको अनुगमन गरेको र सुपरभाइजरको लापरवाही तथा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । त्यस्तै दधिकोटमै प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद कोषको रु २५ लाख र नगरपालिकाको रु १२ लाख ५० हजारसहित रु ३७ लाख ५० हजारको लागतमा निर्माण भइरहेको राधाकृष्ण कुलो निर्माण एवं सेतोपाटी सडक ग्राबेलको अनुगमन गरेको छ । 

त्यस्तै सोही वडामा नगरस्तरीय बजेटअन्तर्गत रु ९७ लाखको लागतमा निर्माण भइरहेको घुम्ती–किवाचो सडकको ६ मिटर कालोपत्र एवं सडक चौडाइ गर्ने कार्यको अनुगमन गरेको छ ।

सोही ठाउँमा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्काएको किवाचो खानेपानी आयोजनाको ट्याङ्की निर्माणकार्यको अनुगमन गरेको छ । राष्ट्रिय भूकम्प प्राधिकरणको रु १० लाख, नगरपालिकाको रु १० लाख र स्थानीय उपभोक्ताको रु चार लाख गरी कूल रु २४ लाखको लागतमा निर्माण भइरहेको एक लाख लिटर पानी अट्ने क्षमताको ट्याङ्कीको अनुगमन गरेको छ । गुण्डुमै निर्माण भइरहेको फुटसलको समेत अनुगमन गरेको छ । 

नगरपालिकाले वडा नं ४ दधिकोटमा खुला क्षेत्रमा निर्धारण गरेको घर एवं भवनको अनुगमन गरेको छ । वडा कार्यालयले र नक्सापास गर्ने इञ्जिनीयरको मिलेमतोमा निषेधित क्षेत्रमा घर निर्माण भइरहेको समितिका सदस्य अर्जुन खतिवडाले जानकारी दिनुभयो । अनुगमनमा नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले विकास निर्माणका क्रममा लापरवाही गर्ने ठेकेदार र नगरपालिकाले खटाएको सुपरभाइजरलाई तत्काल फोटोसहितको प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । उहाँले मापदण्ड नपुगेका निर्माण व्यवसायीको भुक्तानी रोक्का गर्ने र निरीक्षणमा खटिएका साइड इञ्चार्जलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई