गुल्मीमा जीप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

वैशाख ११, गुल्मी । गुल्मीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । छत्रकोट गाउँपालिका-४ अन्र्तगत श्रृङ्गामा लु२च १७ नम्बरको पिकअप जीप र लु१२प २९७६ नम्बरको मोटरसाइकल एक आपसका ठोक्दिा मोटरसाइकल र जीप चालकसहित ५ जना घाइते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीदरवार गाउँपालिको गांैडाकोटवाट रुरु गाउँपालिका अन्र्तगत बलेटक्सारमा डिजल लिनका लागि जाँदै गरेको जीप र पिपल नेटावाट लुम्छातर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक छत्रकोट गाउँपालिका-४ निवासी शालिकराम पन्त, मुसिकोट नगरपालिका-४ का ताराबहादुर रासकोटी, रेसुंगा नगरपालिका २ का गोपाल पोख्रेल, मालिका गाउँपालिका-६ का वसन्त पराजुली र मालरानी गाउँपालिका-४ अर्घाखाँचीका दिलिप केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतहरुको अहिले स्थानीय श्रृङ्गा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । विपरीत दिशाबाट तीब्र गतिमा आइरहेको मोटरसाइकललाई बचाउने क्रममा उक्त दुर्घटना हुन गएको जीप चालक ताराबहादुर रासकोटीले प्रहरीसमक्ष बताएका छन् । दुर्घटना भएको उक्त जीप सडकवाट दुई सय मिटर भन्दा तल खसेको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply