२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : पर्यटनसँग जोडिँदै मह शिकार

२०७६, १२ बैशाख बिहीबार ०६:०७

वैशाख १२, बागलुङ । परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो ।

ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ ।

मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुनेछन् । वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन् । रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय गोलाबाट मह काढिने वडाअध्यक्ष तिलक घर्तीले बताउनुभयो । 

पर्यटन प्रवद्र्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, उहाँले भन्नुभयो, “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।” रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन् ।

बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिने शिकारी धनबहादुर घर्तीले बताउनुभयो । “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, उहाँले भन्नुभयो, “ज्यानकै बाजी लगाएर भीरमा उक्लनुपर्छ ।”

साहस र कौशल नभएका व्यक्तिले मह शिकार गर्न नसक्ने उहाँको भनाइ छ । साहसिक मह शिकारले आन्तरिक पर्यटक लोभ्याउने आयोजकको विश्वास छ । “मह शिकारलाई व्यावसायिक बनाउन पनि आवश्यक छ”, क्लबका अध्यक्ष गिरीप्रसाद घर्तीले भन्नुभयो । 

स्थानीय शिकारीले वर्षेनी मह काढ्ने गरे पनि यो वर्ष पर्यटन प्रवद्र्धन गर्ने गरी मह शिकार हुन लागेको उहाँको भनाइ छ । मह शिकार हेर्न पर्यटक भित्रिँदा महको किनबेच पनि बढी हुनेछ । शिकारीले राम्रो याममा एउटै गोलाबाट २० लिटरसम्म मह निकाल्ने गरेका छन् । 

भौगोलिक हिसाबले विकट रुमुवामा सडक, सञ्चारजस्ता सुविधा पुगेपछि पर्यटन गतिविधि सञ्चालन गर्न गाउँले कस्सिएका हुन् । मह शिकार कार्यक्रममा जानेलाई रु ५० मा मह खाने व्यवस्था समेत मिलाइएको छ । खरिदका लागि पनि मह उपलब्ध हुनेछ । भीर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायीकरण गर्न सजिलो छ ।

गलकोटका धेरै ठाउँमा भीर मौरी रहे पनि मह शिकार कमै हुने गरेको छ । खर्चिलो र जोखिमयुक्त हुने भएकाले शिकार कम हुन्छ । घरायसी प्रयोगमै सीमित भीर मौरीको मह रमुवावासीले भने बिक्रीसमेत गर्दै आएका छन् । मह शिकारका लागि वैशाख–जेठ उपयुक्त महिना हुन् ।

गत वर्ष पनि गलकोट नगरपालिका–४ निलुवामा मह शिकार महोत्सवको आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भीरमा पनि वडा नं १० रमुवाकै अनुभवी शिकारीले मह काढेका थिए ।

निलुवालाई पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । दशकौँपछि गरिएको मह शिकार हेर्न निलुवामा सर्वसाधारणको भीड लागेको थियो । 

परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेका छन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ