सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

वैशाख १३, प्यूठान | अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ ।

प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र सो विद्यालयले भर्ना लिने गरेका छन् । जिल्लाको नमूना मानिने यस सामुदायिक विद्यालयमा बिहीबारसम्म स्थानीय निजी विद्यालयबाट १५० भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएको विद्यालयले जनाएको छ ।

प्रवेश परीक्षा दिने विद्यार्थीमा अधिकांश बोर्डिङ स्कूलबाट आएको प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो । “विगत वर्षदेखि नै अङ्ग्रेजी माध्यमबाट पढ्न चाहने विद्यार्थीलाई मध्यनजर गरी अध्यापन कार्य शुरु गरेका छाँै ।” उहाँल भन्नुभयो, “अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु भएपछि जनता माध्यमिक विद्यालयमा बोर्डिङका विद्यार्थीको आकर्षण बढेको हो ।”

“सरकारी विद्यालयमा पढने छोराको चाहना र सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारले विभिन्न छात्रवृत्ति र उच्च शिक्षामा सहुलियत दिने भएकाले छोरालाई सरकारी विद्यालयमा भर्ना गर्न परीक्षामा सामेल गराएकीे छु”, प्यूठान नगरपालिका, ७ पुण्यखोलाका प्रवेश नेपालीका आमा लक्ष्मी नेपालीले भन्नुभयो ।

विगतमा सामुदायिक विद्यालयबाट बोर्डिङ जाने विद्यार्थीको सङ्ख्या बढ्दो थियो तर अब अङ्ग्रजी माध्यमबाट शिक्षण शुरु भएपछि बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने सङ्ख्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्माको भनाइ छ । उहाँका अनुसार अङ्गे्रजी माध्यमको साथमा विद्यालयको भौतिक, मानवस्रोतलगायत उचित शैक्षिक वातावरण तयार गर्दै लगिएको छ ।

तालीम प्राप्त शिक्षक, उचित शैक्षिक सामग्री, सुविधा सम्पन्न भवन, प्राविधिक शिक्षासहितको शैक्षिक वातावरण बने सामुदायिक विद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्ने निश्चित छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply