2026-09-01 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मन्त्री विष्टको परिवारले पिउने पानी ट्याङ्कीमा विष राखिएको हल्ला फैलाउने ३ महिला पक्राउ

बैशाख १६, काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा विष राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले ३ जना महिलालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने ३ महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको  छ |  विष राखे नराखेको भने टुङ्गो लागेको छैन | पानी परीक्षण गर्न लगिएकोले परिक्षण पश्चात मात्र विष राखे न राखेको पुष्टि हुने प्रहरीले जनाएको छ ।

 स्थानीय समाजसेवी विष्णु सुनारका अनुसार अहिले ट्याङ्की रहेको स्थानमा ४० देखि ५० जनासम्म उपभोक्ताहरु जम्मा भएका छन् । त्यस ट्याङ्गकीबाट वडा नम्वर ३ र ४ अर्थात साविक दोहली र दर्लामचौरका झण्डै ५ सय  घुरीले पानी पिउने बताइएको छ । उक्त ट्याङ्कीको पानी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको परिवारले पनि पिउने गर्दछन् ।

केहिवेर अघि मन्त्री विष्टका दाजु तथा ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले उक्त ट्याङकीको पानी स्याम्पल लिएर परीक्षण गराउन सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन