2026-07-11 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सरकार श्रमजीवी वर्गको पक्षमा : मुख्यमन्त्री पोखरेल

2019-05-01

बैशाख १८, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार श्रमजीवी वर्गका पक्षमा रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड युनियन (जिफन्ट) र अखिल नेपाल टे«ड युनियन (अन्टुफ) ले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मजदूर वर्गको राजनीतिक संस्थाले मुलुकको नेतृत्व गरेकाले उनीहरुको जीवनस्तर सुधारका लागि काम गरिरहेको बताए । 

उनले भने, ‘श्रमिकको जीवनस्तर सुधारका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको छ, यसको कार्यान्वयनपछि श्रमिकका समस्या समाधान हुन्छन् ।’

मुख्यमन्त्री पोखरेलले समाज परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको अर्थ नहुने भएकाले समाज परिवर्तनका लागि आ–आफ्ना क्षेत्रबाट लाग्न सबैलाइ आग्रह गरे । 

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको सामाजिक सुरक्षा योजना श्रमिकको हितमा रहेकाले रोजगारदातालाई छिटो सूचीकरण गर्न आग्रह गरे । 

नेकपाका नेता हकिकुल्लाह खाँ, गोपाल भट्टराई, जिफन्टका प्रदेश अध्यक्ष हरि कार्की, बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलगायतले श्रमिकको समस्याप्रति गम्भीर बन्न सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो