2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

चिकित्सक पनि दुव्र्यसनमा !

काशीराम शर्मा | बैशाख ३०, बाँके | नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ । 

अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या धेरै रहेको अनुमान गरिएको छ । चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ । डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन् । प्रहरीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा बहालवाला चिकित्सक र एमबिबिएस अध्ययनरत विद्यार्थी लागुऔषध दुव्र्यसनमा फसेका छन् । यसको आँकडा धेरै छ । मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन् । प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ । झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोहलपुर शिक्षण अस्पतालमा गाँजा र चरेस सेवन गर्नेको सङ्ख्या त झन धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य उजागर भएको हो । 

भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबिबिएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेको थियो । 

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोवार हुन्छ भन्ने प्रमाणित भएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी लागुऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शङ्का गरिन थालिइएको छ ।  

उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुव्र्यसन तथा कारोवार हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले एमबिबिएस अध्ययन गर्ने कलेजमा लागुऔषधको दुव्र्यसनी बढ्दा सिङ्गो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताउनुभयो । आफैँ कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उहाँको भनाइ छ । 

“बिरामी जाँच्ने चिकित्सक नै लागुऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन”, उहाँले भन्नुभयो । कानून व्यवसायीसमेत रहेका गौतमले लागुऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोवार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताउनुभयो । 

“लागुऔषधले शैक्षिक वातावरण बिग्रिनुका साथै विद्यार्थीको भविष्य अन्योलपूर्ण देखिन्छ”, गौतमले भन्नुभयो । राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागार्इंले एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध दुव्र्यसनमा फस्नु दुर्भाग्य भएको बताउनुभयो । यस्ता विद्यार्थीले भविष्यमा दिने सेवामाथि आशङ्का उब्जाएको उहाँको भनाइ छ । 

“राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमबिबिएस पढ्छन् भन्ने आमसमुदायको मानसिकतामाथि यसले नकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो । एमबिबिएस अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकाले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिह्न खडा भएको छ । 

“स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेका विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला”, उहाँले भन्नुभयो । प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताउनुभयो । 

उहाँले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागुऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए । “हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केही विद्यार्थीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।”

मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो । “सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र लागुऔषध प्रयोगकर्ता विद्यार्थीलाई सचेत गराउने प्रतिबद्धता अस्पताल प्रशासनले दिएको छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द