Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरस्थित एक अस्पतालमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति

२०७६, ५ जेष्ठ आईतवार १६:४३

जेठ ५, भक्तपुर | भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ ।

सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् । 

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको नेतृत्वमा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला सङ्घकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो ।

सहमतिमा केन्द्रमा करारमा रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदको विज्ञापन गरि परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन एवं परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ ।

त्यस्तै यस केन्द्रका लागि आईसियू तथा यूरोलोजी विभाग लोकसेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने, त्यसपछि कार्डियोलोजी, हेपाटोलोजी विभागको स्थापना गर्ने, परीक्षा सञ्चालन गर्दा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको उमेर वा अरु कुनै कारणले नियुक्ति नपाएमा खाइपाइ आएको करार नियुक्तिलाई निरन्तरता दिने सहमति भएको छ ।

नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका यस केन्द्रका नियमावलीलाई परिमार्जन एवं संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी कार्यदल गठन गरि संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने सहमति भएको छ ।

लोकसेवाको मौखिक अन्तवार्ताको निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तवार्ताका लागि आह्वान गर्ने, परीक्षा आगामी कात्तिक महीनाको तिहारपछि सञ्चालन गर्न केन्द्रसमेतले सम्बन्धित निकायलाई अपिल गर्ने, केन्द्रमा तत्काल नर्सिङ डाइरेक्टर करारमा नियुक्ति गरी स्थायी प्रक्रिया अगाडि बढाउने, केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ । 

अनशन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने र गिरफ्तार भएकाको तत्काल रिहाइ गरी मुद्दा फिर्ता लिने सहमति भएको छ । अस्पताल प्रशासनले आज राति नै विज्ञप्ति सार्वजनिक गरि आन्दोलनरत् पक्षसँग सहमति भएकाले तत्काल सेवामा फर्कन र बिरामीको उपचारमा निरन्तर लाग्न आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ