2026-11-02 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सरिता हत्या प्रकरण: परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

राजकुमार पराजुली | जेठ ७, काभ्रे | मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो ।

जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आरोपितको बयान, सबुत–प्रमाण तथा अनुसन्धान सकिएपछि परिवारका सबैविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्यौं ।” उहाँका अनुसार अभियुक्तलाई मुलुकी संहिताको कर्तव्य ज्यान मुद्दाअन्तर्गत जन्मकैदको सजाय हुने प्रावधान छ ।

गत वैशाख १३ गते बिहान १० बजे सरितालाई घरमै घाँटीमा नीलडाम भएको मृतावस्थामा प्रहरीले उनको शव फेला पारेको थियो । सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले घटनाको दिन दिउँसो नै जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको थियो ।

प्रहरीले सोही आधारमा सोही दिन परिवारका अन्यलाई गिरफ्तार गरी हिरासतमा घटनाको अनुसन्धान तथा आरोपितको बयान लिएको थियो । सुदीप भने घटनापछि गाउँ छाडेर भाग्ने तरखरमा रहेको अवस्थामा र परिवारका अन्य सदस्यलाई घरबाटै प्रहरीले गिरफ्तार गरेको थियो । सुदीपले आफूले मात्रै सरिताको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान तथा बयान लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिएपछि गतसाता जिल्ला सरकारी वकिलको कार्यालयमा सोसम्बन्धी अपराध घटना बुझाएका थियौँ ।”

प्रहरीको बयानमा सरिताका श्रीमान् सुदीपले घटना भएको दिन बिहान सरिता केही समय बाहिर निस्किएको र घर आएपछि केही विषयमा झगडा परेपछि आफूले सरितालाई कुटपिट गरेको र पछि गुलेलीको रबरले सरिताको घाँटी अठ्याउँदा बाबु पीताम्बर र दाजु केशवले दुवै गोडा समाएको बताएका थिए । घटना भइरहँदा सरिताका सासू गङ्गा र जेठानी सङ्गीता भने मुकदर्शक भएर कुनै प्रतिक्रिया नजनाएको सुदीपले बयानमा भनेको प्रहरीले जनायो ।

प्रहरीका अनुसार काठमाडाँैस्थित शिक्षण अस्पतालमा भएको शव परीक्षण रिपोर्टले पनि सरिताको हत्या कोही एकजना व्यक्तिबाट मात्रै नभएको र जोडबलले घाँटीमा कसेर मृत्यु भएको देखाएको थियो । प्रहरीको अनुसन्धानबाट दुलाल परिवारमा घरको सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा पनि समय समयमा विवाद भइरहने गरेको खुलेको छ ।

सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्य–तथ्य छानबिनको माग गर्दै आएका थिए । स्थानीयका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए । सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलमा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द