2026-09-19 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चोरीका मोटरसाइकलसहित ६ जना पक्राउ

जेठ १४, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको बताउनुभयो । 

पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–५ फेदीगुठ घर भई हाल काठमाडौँको बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रवीन बरुवाल, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुङ्गा सुनकोशी गापा–२ कोटवेसी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन् ।

लागुऔषधसहित पक्राउ

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ जगाती चेकप्वाइन्टमा सवारी जाँचका क्रममा काठमाडौँतर्फ जाँदै गरेको बा ४ १प ३१५५ नम्बरको मोटरसाइकल जाँच गर्दा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधिसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटा साँगुरीगढी गाउँपालिका–७ महाभारत बस्ने २४ वर्षीय राजेश राईलाई झोलामा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई