२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

२०७६, १८ जेष्ठ शनिबार ०८:२७

जेठ १८  बर्दिवास । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको  बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताउनुभयो ।

सङ्घीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उहाँले बताउनुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उहाँले जिकिर गर्नुभयो । 

“सङ्घीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ ।” सङ्घीय सरकारले यसै दिशामा आफ्ना सारा प्रयत्न जनतालाई परिवर्तनको अनुभूति गराउनमा केन्द्रित गरेको उहाँको भनाइ थियो ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र प्रदेशका सबै जनताको साझा सम्पति रहेको बताउनुभयो । उहाँले यसलाई समयअनुसार विकास गर्दै लाने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

रेडियो नेपालको प्रदेश २ को प्रादेशिक प्रसारण सेवा आजदेखि बर्दिवासमा औपचारिक रुपमा शुरु भएको छ । प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र प्रदेश–२ का मुख्यमन्त्री राउतले स्टुडियोबाटै शुभकामना मन्तव्य दिएर शुभारम्भ गर्नुभएको हो । 

प्रादेशिक प्रसारण सेवाको उद्घघाटनसँगै दैनिकरुपमा प्रदेश नं २ को बर्दिवास प्रशारण केन्द्रबाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषामा समाचार तथा अन्य कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कार्यक्रममा जानकारी दिनुभयो । निकट भविष्यमा नै बर्दिवास प्रशारण केन्द्रको क्षमता विस्तार गरेर सात भाषामा दैनिक १८ घण्टा प्रशारण पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ थियो । 

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण गर्न थालेको छ । प्रादेशिक प्रसारण सेवा अहिले तत्काल दैनिक दिउँसो ३.१५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने रेडियो नेपाल, प्रदेश–२ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो । रेडियो नेपालको प्रादेशिक प्रसारणको नयाँ भवन रु दुई करोड ११ लाखको लागतमा निर्माण शुरु आजै गरिएको छ । नौ महीनाभित्र सो भवन निर्माणको काम  सम्पन्न हुने रेडियो नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ