2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी : हट्यो खानेपानीको अभाव

 जेठ २८, बैतडी । खानेपानीकै लागि भनेर बैतडी शिवनाथ गाउँपालिका–५ राजीखोलाकी उषा साउँद तीन वर्ष अगाडिसम्म घण्टौँ लाइनमा बस्नुहुन्थ्यो । त्यो पनि नजिकै रहेको राजुखोलाको दूषित पानीको लागि तर तीन वर्षयता उहाँको दैनिकी फेरिएको छ ।  

आजभोलि उहाँलाई घण्टौँ लाइनमा बस्नु पर्दैन किनकी घरमै खानेपानी धारा जडान भएको छ । उषाको मात्रै नभएर राजीखोलाका स्थानीय बासिन्दाको वर्षौंदेखिको खानेपानीको समस्या हटेको छ । राजीखोलामा सामाजिक चेतना तथा विकास सङ्घ (साडा) नेपालद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (पहल) कार्यक्रमले रु आठ लाखमा बहुउद्देश्यीय पानी प्रणालीमार्फत खानेपानीको योजना सम्पन्न गरेपछि त्यस क्षेत्रका बासिन्दाको पानीको अभाव हटेको हो । 

पहल कार्यक्रमको रु चार लाख २७ हजार ७४८ र स्थानीयको  रु तीन लाख ७३ हजार ३६१ को लागतमा राजीखोला बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएको कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले जानकारी दिनुभयो । कार्यक्रमले योजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उपलब्ध गराएको र बाँकी स्थानीयले श्रमदानबाट योजनाको काम सम्पन्न गरेको हो । खानेपानीको समस्या भएका बस्ती छनोट गरेर योजना लागू गरेको जिल्ला संयोजक महराले बताउनुभयो । 

राजीखोलाका स्थानीयवासीले करीब ५० प्रतिशत आफ्नै श्रमदानमा योजनाको काम गरेकाले निकै खुशी लागेको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । उक्त प्रणालीबाट खानेपानीको व्यवस्था भएपछि वर्षौंदेखि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको शिवनाथ–५ राजीखोलाका परमल सिंह साउँदले बताउनुभयो ।

 बहुउपयोगी पानी प्रणाली भएकाले खानेपानीभन्दा बढी भएको पानीले त्यहाँका स्थानीय बासिन्दाले तराकारी खेतीसमेत गरिररहेका छन् । पहल कार्यक्रमले आधुनिक तरकारी खेती गर्न सिकाएको र बीउबिजन पनि सहयोग गरेको स्थानीय सेतु साउँदको भनाइ थियो । 

यस्तै  शिवनाथ गाउँपालिका–६ डाँडाकोटकामा रहेको दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको छ । साडा नेपालद्वारा सञ्चालित पहल कार्यक्रमले डाँडाकोटमा बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछि दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको हो । 

खानेपानीका लागि निकै समस्या रहेकोमा हाल आएर त्यो समस्या हट्दै गएको स्थानीय सुनिराम पार्कीले बताउनुभयो । पहल कार्यक्रम र स्थानीय जनश्रमदान गरी कूल रु सात लाख ५६ हजार ६८२ लागतमा उक्त योजना सम्पन्न भएको पहल कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले बताउनुभयो । उक्त योजना सम्पन्न भएपछि डाँडाकोटका २३ घरधुरी लाभान्वित भएका छन् । 

यस्तै शिवनाथको मन्सैनीमा पनि बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछि त्यस क्षेत्रका नागरिक पनि खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

नेकपा बैतडीले पूर्णता पायो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । 

पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । 

सरकारको नीति तथा कार्यक्रमहरुको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताउनुभयो । जिल्ला सदस्यहरुको शपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ । 

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाउनुभएको थियो । बैतडीमा छ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले