2026-07-24 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

जेठ २८, भादगाउँ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको ढिस्को पल्टिएर पुरिँदा सिन्धुपाल्चोक घरभई हाल पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको हो ।

घटना लगत्तै उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा खड्काको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । सो घटनामा घाइते भएका सिन्धुपाल्चोक सुनखानी–५ घरभई हाल कुण्डोलमा बस्ने ३८ वर्षीय दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

केसीलाई रु एक लाखसहित सम्मान

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।

 सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गर्नुभयो । 

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो । 

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक