2026-09-13 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बिजुली विहीन बैतडीका स्थानीय तह

जेठ ३०, बैतडी । देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । देशको पुनःसरचनापछि नगरपालिका बनेका ती दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँदा यहाँका बासिन्दाले  सास्ती भोग्दै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको करीब दुई वर्ष बित्न लाग्दासमेत विद्युत्लगायत आधारभूत सेवासमेत गाउँमा पुग्न सकेको छैन ।

 जिल्लाका शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युतीकरण नहुँदा कुटानी पिसानीका  लागि मिलसम्म स्थापना गरिएको छैन । साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गराउन कठिन हुँदा पढाइमा समेत गणस्तर वृद्धि हुन नसकेको स्थानी यवासिन्दा बताउँछन् ।

जिल्लाका केही स्थानीय तहका खोलाबाट लघु जलविद्युत् सञ्चालन भए पनि पटकपटक उपकरणमा खराबी आउँदा समस्या हुने गरेको छ  । स्थानीय खोलाको बिजुली राति मात्र आउछ, पुर्चौडी नगरपालिका–१, हाटका गणेश जोशीले भन्नुभयो, “दिनमा पनि बिजुली आए विद्युत्बाट गर्ने काम सहजरुपमा हुन्थ्यो ।”विद्युत् नहुँदा केहीले सौर्य उर्जाको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट्रिय प्रसारणको पहुँच नहुँदा सौर्य उर्जाको भरमा गाउँपालिकाले  काम गरिरहेको र विजुलीको अभाबमा अरु कार्यालयका काम पनि प्रभावित भएका उहाँले बताउनुभयो ।

 मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । पुर्चौडी नगरपालिकाका वडामा  बिजुली नहुँदा सञ्चार सेवाबाट पनि वञ्चित हुने गरेका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । विद्युत् सेवा नहुँदा स्थानीय तहले कार्यसम्पादन गर्ने कामसमेत प्रभावित हुने गरेका छन् । 

 पञ्चेश्वर गाउँपालिकामा पनि सौर्य उर्जाबाट विद्युतीय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ, गाउँपालिकाका नासु कमलापति भट्टले भन्नुभयो, “पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको  छ । विद्युतीय उपकरणबाटै कामका गर्नुपर्ने भएकाले सौर्य उर्जाले धान्न सकेको छैन ।

जिल्लामा १९ वटा लघु जलविद्युत आयोजना छन् । ती आयोजनाबाट १८६ किलोवाट विद्युत् उत्पादन हुँदै आए पनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ । कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकारमय बनेका छन् । लघु जलविद्युत्बाट बिजुली बालेका सर्वसाधारण अहिले सौर्य उर्जा बाल्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएको घरमा सौर्य उर्जा बले पनि विपन्न समुदाय भने टुकी र झरोमा निर्भर छन् । लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याव, विद्यालयका कम्प्युटर पनि बन्द भएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार एक ९१ घरधुरी छ । तीमध्ये साढे १२ हजार घरमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले