Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

२०७६, ३१ जेष्ठ शुक्रबार ०४:५०

जेठ ३१, बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ ।

नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो । त्यसरी गरेको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्र्याक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक रु २५ हजार र ट्र्याक्टरलाई प्रतिपटक रु १५ हजार जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले वर्षायाममा निर्माणाधीन सडक बिग्रने भएको हुनाले नगर कार्यापालिकाको बैठकले सो निर्णय गरेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यका अनुसार नगरभित्र ठूला  सडक १०÷१२ जति रहेको र साना शाखा सडक धेरै रहेकामा ती सडक पक्की तथा पक्की नबनाइसकेको हुनाले वर्षायाममा ठूला गाडी (टिपर र  ट्र्याक्टर) चलाउँदा बिगार्ने भएकाले सो निर्णय गरिएको बताउनुभयो । “नगरभित्र अहिले निर्माणाधीन सडक पनि रहेको र अरु सडकमा पनि ठूला टिपर र ट्र्याक्टर चलाउँदा सडक बिगारेर ठूला खाल्डा हुने र भत्काउने हुँदा यात्रुवाहक बस र अरु साना सवारीसाधन चलाउन गाह्रो हुने भएकाले त्यसलाई मध्यनजर गर्दै हामीले नगर कार्यापालिकाको बैठकले यस्तो निर्णग गरेका हौँ”, प्रवक्ता आचार्यले भन्नुभयो, “त्यसबाहेक सडक निर्माण र अन्य निर्माणका सामग्री ढुवानी गर्नुपरेमा वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै