2026-11-01 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

जेठ ३१, बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ ।

नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो । त्यसरी गरेको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्र्याक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक रु २५ हजार र ट्र्याक्टरलाई प्रतिपटक रु १५ हजार जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले वर्षायाममा निर्माणाधीन सडक बिग्रने भएको हुनाले नगर कार्यापालिकाको बैठकले सो निर्णय गरेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यका अनुसार नगरभित्र ठूला  सडक १०÷१२ जति रहेको र साना शाखा सडक धेरै रहेकामा ती सडक पक्की तथा पक्की नबनाइसकेको हुनाले वर्षायाममा ठूला गाडी (टिपर र  ट्र्याक्टर) चलाउँदा बिगार्ने भएकाले सो निर्णय गरिएको बताउनुभयो । “नगरभित्र अहिले निर्माणाधीन सडक पनि रहेको र अरु सडकमा पनि ठूला टिपर र ट्र्याक्टर चलाउँदा सडक बिगारेर ठूला खाल्डा हुने र भत्काउने हुँदा यात्रुवाहक बस र अरु साना सवारीसाधन चलाउन गाह्रो हुने भएकाले त्यसलाई मध्यनजर गर्दै हामीले नगर कार्यापालिकाको बैठकले यस्तो निर्णग गरेका हौँ”, प्रवक्ता आचार्यले भन्नुभयो, “त्यसबाहेक सडक निर्माण र अन्य निर्माणका सामग्री ढुवानी गर्नुपरेमा वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द