2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी !

असार ५, काभ्रेपलान्चोक  | पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय सहकारीले चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ८०० परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।

 आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाउन थालिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाउन शुरु गरियो, उपभोक्ताले एक वर्षभित्र पनि उक्त ऋण तिर्न नसके नगरपालिकाले तिर्छ ।”उहाँका अनुसार स्थानीय सहकारीबाट करीब रु तीन करोड ऋण प्रवाह हुनेछ ।

 पाँचखालमा खानेपानी अभावका कारण जसरी पनि योजना सम्पन्न गर्नुपर्ने भएकाले ऋण दिलाउनुबाहेक अर्को विकल्प नदेखिएपछि नगरसभामा यस्तो निर्णय गरिएको खरेलले बताउनुभयो । “सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर भए पनि ऋण दिलाइनेछ”,उहाँले भन्नुभयो । परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

 कूल परिवार सङ्ख्यामध्ये करीब एक हजार ८०० ले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

 परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख रकम उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ ।

दातासँग यही असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताउनुभयो । “यसका लागि तीन महीनादेखि माइकिङ तथा वडाका गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्दै आएका छौँ”,उहाँले भन्नुभयो । उहाँका अनुसार परियोजनाको बैंक खातामा हालसम्म रु आठ करोड जम्मा भएको छ । 

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका छन् । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा शुल्क नलिई ९.५ प्रतिशत ब्याजदरमा एक वर्षभित्र किस्ताबन्दीमा तिर्नेगरी उपभोक्तालाई ऋणी बनाउन नपासँग सम्झौता गरेको छ । आर्थिक विकास सहकारीले आफ्ना सदस्यलाई मात्रै आठ प्रतिशतमा ऋण दिलाउने गरी नपासँग सम्झौता ग¥यो ।

 पाँचखालस्थित विन्धवासिनी सहकारीले भने एक प्रतिशत सेवा शुल्क लिएर पाँच प्रतिशत ब्याजदरमा ऋण दिन थालेको छ । सहकारी ऋण समितिका कुमार दङ्गालले भन्नुभयो, “खानेपानी उपभोक्तालाई सेवाभावले अधिकतम् सहुलियतदरमा ऋण प्रवाह गर्न थालेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द