2026-09-13 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रहरीसंग दुर्व्यवहार गर्ने ७ जना भारतीय नागरिक पक्राउ

असार ९, काठमाडौँ | पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो ।

पक्राउ पर्नेमा भारत मैनाटाड थाना–१ का १९ वर्षीय सञ्जित कुमार पटेल, २० वर्षीय सनी कुमार पटेल, ३५ वर्षीय बिरिन्ची सिंह छन् । त्यस्तै, सोही स्थानका २५ वर्षीय सत्यम साह, २५ वर्र्षीय धनञ्जय कानु, सन्दीप कुमार पटेल र आलोक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ | नियन्त्रणमा लीएका सातै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको प्रहरीले जानकारी दिएको छ |

नेपाली भूमिमा आएर उनीहरुले चेकजाँचमा खटिएका प्रहरीमाथि मदिरा सेवन गरी दुर्ब्यबहार गरेका छन् | ‘बिक्री निषेधित छैन, किन चेकजाँच गरेको ’भने पछि प्रहरीले नियन्त्रणमा लिएको हो |उनीहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।विहार राज्यले मदिरामा प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती क्षेत्रमा भारतीय आउने गरेका छन् । तिनै भारतीयलाई लक्षित गरेर सीमावर्ती क्षेत्रमा मदिरा पसल खुलेको स्थानीयवासीहरु बताउँछन् ।

त्यहाँबाट आउने भारतीयले स्थानीयलाई मात्र नभएर प्रहरीलाई समेत कुटपिट गर्ने गरेका छन् । गत जेठ ३१ गते मात्रै पनि ठोरी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय ठोरीको छेउको सेन्ट्री ड्यूटीमै बसेका प्रहरी जवान प्रसाद चौधरीलाई पाँच जना भारतीय युवाहरुले कुटपिट गरेका थिए । कुटपिट गर्ने पाँचै जना भारतीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन