2026-07-10 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बनजंगल फडानी रोकिएन

2019-06-27

 असार १२, काठमाडौँ | बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् । 

सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउँपालिका–१ का केशवदत्त जोशीले बताउनुभयो ।  “सामुदायिक वनले तत्कालको फाइदा हेर्दा सल्लेरी वन मासिँदै गएका हुन्”,उहाँले भन्नुभयो, “दिगो वन व्यवस्थापनका उपाय नअपनाएरै खोटो सङ्कलन भइरहेकाले वन मासिँदै गएका छन् ।” 

खोटो सङ्कलनले रुखको आयु कम हुने गरेको अर्का स्थानीय राम विष्टले बताउनुभयो । “खोटो मात्रै सङ्कलन हुन्छ, वृक्षरोपणको काम हुँदैन”,उहाँले भन्नुभयो, “खोटो सङ्कलनले तत्काल आर्थिक फाइदा भए पनि भोलिका दिनमा समस्या निम्त्याउने देखिन्छ ।” 

बैतडीमा चार वटा कम्पनीले विभिन्न वनमा खोटो सङ्कलन गरिरहेका डिभिजन वन कार्यालयका सूचना अधिकारी रामप्रसाद चौधरीले बताउनुभयो । खोटो सङ्कलनले केही समस्या भए पनि वन मासिने कुरा नभएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, “मापदण्डअनुसार खोटो सङ्कलन गरेमा वन विनाश हुँदैन ।” बैतडीको कूल एक लाख ४८ हजार ३७८ हेक्टर जमीनमध्ये ५८ प्रतिशत जमीनमा वन क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो