2026-09-13 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

शहीदका परिवारप्रति विभेद गरेको आरोप

असार १५, सप्तरी | प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ । देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइते परिवारलाई दिने सेवासुविधामा विभेद गरेकामा दुःख व्यक्त गर्नुभयो ।

राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी परिवारले प्रदेश सरकारबाट मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र सेवासुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका शहीदको उपेक्षा भइरहेको गुनासो गरेको हो । पछिल्लोपटक प्रदेश नं २ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका शहीद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैँसी वितरण गरेर अन्य शहीदप्रति अपमान तथा विभेद गरेको अध्यक्ष चौधरीको आरोप छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतमा भएको सबै आन्दोलन र सङ्घर्षको योगदान रहे पनि शहीदप्रति पूर्वाग्रह भएर प्रदेश नं २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको शहीद परिवारका सदस्य डानेश्वरी नगरपालिका–१० का राजेशकुमार रामले बताउनुभयो ।

शहीद तथा घाइते परिवारलाई लक्षित गरी भइरहेको उन्नतजातको गाई–भैँसी वितरण कार्यक्रम पक्षपातपूर्ण रहेको र शहीदको अपमान भइरहेको भन्दै शहीद परिवारका सदस्य सप्तकोशी–१ का ललितराज घिमिरेले प्रदेश नं २ सरकारको त्रूटिपूर्ण कार्यविधि सच्याई सम्पूर्ण शहीद र घाइते परिवारलाई समान व्यवहार गर्नुपर्ने माग गर्नुभयो ।

प्रदेश सरकारले पक्षपातपूर्ण निर्णय नसच्याए प्रदेशका आठै जिल्लामा मोर्चा बनाई सङ्घर्ष गर्ने चेतावनी दिँदै समितिका अध्यक्ष चौधरीले आज सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताउनुभयो ।

प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको कार्यविधिको ढाँचामा नै ‘मधेस आन्दोलनका शहीद परिवारलाई लक्षित गरी उन्नत नस्लको दुधालु गाई वा भैँसी उपलब्ध गराउने कार्यक्रममा सहभागी हुनका लागि इच्छुक रहेकाले यो निवेदन पेश गरेको छु”,उल्लेख भएकाले जनआन्दोलन र माओवादी युद्धमा शहीद भएका परिवार निवेदन दिनबाट वञ्चित रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन