२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चाउचाउमा समेत टोकन सिष्टमको अवस्था, उपभोग्य वस्तुमा दोव्वर बृद्धि

२०७२, १० मंसिर बिहीबार ०९:१०

waiwai_noodleप्रेम सुनार । मंसिर–१०, गुल्मी । भारतिय नाकावन्दीले ढुवानीमा आएको समस्याका कारण गुल्मीमा अव चाउचाउ किन्न समेत प्रशासनबाट टोकन माग्नु पर्ने अवस्था सिर्जना हुने देखिएको छ । हिजो र आज गरी ओम सिद्धवावा ट्रेडर्श तम्घासबाट लाईनमा उपभोक्ताहरु राखेर १९ सय थान चाउचाउ वितरण गरेर सकिएको उक्त ट्रेडर्शका सञ्चालक गोमराज श्रेष्ठले बताए ।

उनका अनुसार तम्घासमा विभिन्न कम्पनीका ११ थरी चाउचाउका डिलरहरु छन् तर ढुवानीको समस्याले कुरेर बस्नु पर्ने अवस्था रहेको छ । दैनिक लाखौ रुपैयाँको चाउचाउ खपत हुने गुल्मीमा यस्तै हो भने चाउचाउमा समेत कुपनको आश गरेर बस्नु पर्ने अवस्था आउने पसलेहरु बताउ छन् । चाउचाउ संगै यहाँ अन्य उपभोग्य वस्तुको पनि अभाव भएको छ र महँङ्गी बढेको छ । कतिपय उपभोग्य वस्तुमा दोव्वर जस्तो मुल्य बृद्धि भएको छ । १ सय ९० रुपैयाँमा पाउने प्रति एक लिटर धारा तेल अहिले ग्रामिण भेगमा ३ सय सम्म पर्ने गरेको छ ।

यहि सदरमुकाम तम्घासमा प्रति लिटर २ सय ८० रुपैयाँमा बेच्ने गरिएको छ । सनफ्लवर तेल प्रति लिटर १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ४० मा बेच्ने गरिन्छ । तेज तेल पनि १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ३० मा बेच्न थालिएको छ , प्रति प्याकेट १२ रुपैयाँमा पाईने प्रिति चाउचाउ १५ मा बेच्ने गरिन्छ , १५ रुपैयाँमा पाईने रम्पम चाउचाउ अहिले २० पुगेको छ ।

प्रति किलो २० मा पाईने नुन अहिले २५ रुपैयाँ पुगेको छ । यसरी हरेक उपभोग्य वस्तुको महंङ्गीले उपभोक्ताहरु मारमा पर्दै आएका छन् । विशेष गरी ग्रागिण वस्तीका पसलेहरुले मन परी महंङ्गी बढाएको गुनासो आएको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज कँडेलको ध्यानकृष्ट गराउँदा उनले तत्काल बजार अनुगमन टोली खटाउने प्रतिवद्धत्ता जनाए । उनले भने खाने तेलमा भएको बृद्धिलाई मैले रोक्न सक्दिँन अन्य कुरामा गरिएको बृद्धिमा मैले तत्काल अनुगमन टोली खटाउने छु ।

भारतिय नाकावन्दीले बृद्धि भएको माथी उल्लेखित वस्तु सवै स्वदेशमै उत्पादित हुन् । यस्ता स्वदेशमै उत्पादित वस्तुलाई साविककै मुल्यमा विक्रि वितरणको व्यवस्था मिलाउने तर्फ राज्यको माथील्लो निकायले कम्जोरी देखाएको सर्वसाधरणको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ