१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कृषि उत्पादन घोडाबाट बजार पुर्याउदै

१८ मंसिर २०७२, शुक्रबार ००:२५

प्रेम सुनार, मंसिर १८, गुल्मी । यति वेला पेट्रोलियमपदार्थको अभावमाथुप्रैले मोटर साईकलद लगायतका यातयतका साधनहरु थन्काएका छन । तर गुल्मी भाडागाउँका डिलाराम मरासीनीको परम्परागत यातयातको साधन थन्काउनु परेको छैन् । परम्परागत यातयातको साधन अर्थात घोडा ।

horse

रेसुङ्गा नगरपालिका –३ , भाडगाउँका डिलाराम मरासीनीले न वैस उमेरमामोटर साईकलको रहर गरे न त अहिले नै । उनले चाहे भने मोटर साईकल मात्र होईन आधुनिक मोडल कै कार चढेर हिड्न सक्ने आर्थिक अवस्था छ । तर मरासीनीले जिवनभर घोडा नै भरपर्दो साधन सम्झे ।
यति वेलायातयात सञ्चालनको समस्याले कैयौं कृषकहरु आफ्नो कृषिउत्दानकुहाएर राख्नबाध्य छन तर मरासीनीको घरमाभएको सुन्तलालगायतका कृषिउत्पादनहरु घोडामा बोकाएर तम्घास बजारमाल्याएर धमाधमबिक्रिवितरण गरिएको छ ।

उनको घोडाले दैनिकविहान वेलुका तम्घास वजारमात्यसरी कृषिउत्पादनबोकेर ल्याएको देख्दाहिजो घोडा बेचेर मोटर साईकलकिन्नेहरु पछुतोमा परेको बताउछन् ।सायद त्यसैले होला छिमेकीजिल्ला अर्घाखाँचीको हंशपुरगाउँका सात–आठ घर परिवारले हिजो घोडा बेचेर ल्याएको मोटर साईकलअहिले फेरी वेचेर घोडा नै किनेर भरपर्दो सवारी साधानबनाएका छन् ।

यता रेसुङ्गानगरपालिकाअन्तर्गत साविकको चार वटा गाविस तम्घास अर्खले, सिमिचौर,दुविचौरमाहिजो सम्पन्नप्राय सवै परिवारले घोडा पाल्ने गर्दथे तर अहिले भाडगाउँका उनै मरासीनीले मात्रै पालेका छन् ।

त्यसै घोडाको सहयोगमाउनले सुन्तलाबाट मात्रै वार्षिक २ लाखभन्दा बढि आम्दानीलिदै आएका छन् । सुन्तला नर्सरी समेत बनाएकाउनले वेर्नाबाट मात्रै वार्षिक एक लाख रुपैयाँकमाउने गरेको बताए ।

सुन्तलाकाअलवाकागती,काफल , मौरी पालन समेत गरेकामरासीनीले त्यो उत्पादनवजार सम्म ढुवानी गर्न कहिल्लै गाडीको प्रयोग गर्न परेन । अरुले गाडीमा हाल्ने तेल खर्चले उनले घोडालाई दाना पुराएका छन् ।

जुनदानाखरिदमायति वेलाको भारतियनाकावन्दीले उनलाई कुनै असर गरेको छैन् । यसपालीको नाकावन्दीको झड्कामहशुस गर्दै आत्मानिर्भर बन्ने हो भने अवअरुलेपनिमोटर साईकलहोईन मरासीनीले जस्तै आफ्नै परम्परागत भरपर्दो सवारी साधनघोडा पाल्नु नै उचित देखिन्छ ।

तस्वीरः सुक्रवार विहान सदा झै सदरमुकाम तम्घासको शहिदचोकस्थितफलफुलतथा तरकारी पसलमाउनै मरासीनीकाकामदारले घोडामा बेच्नल्याएका सुन्तलाहरु झार्दै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित