2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

वर्षा लागेसँगै उपत्यकाको मध्यपुर र बालकोटका बासिन्दा दिनरात त्रासमा

रमेश गिरी | असार १९, काठमाडौँ | वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयाँै घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो । 

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन् ।

 अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माण गर्न सरकारको रु ८१ करोड लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए शुरु गर्न सकिने बताउनुभयो । 

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने वाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो । नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ ।”

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पु¥याउनु गलत भएको उहाँले बताउनुभयो । उहाँले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताउनुभयो ।

 मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ । राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताउनुभयो ।

स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भूमाफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताउनुहुन्छ । मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताउनुभयो ।

चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २०० कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ ।”

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो ।

 सहमतिअनुसार नै सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो । 

यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः शुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः शुरु गर्ने पहल भइरहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने बताउनुभयो । 

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द