२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा मानवाधिकार उल्लङ्घनका ८५ घटना

२०७६, १९ असार बिहीबार ०९:५१

असार १९, सप्तरी | इन्सेक सप्तरीले सन २०१९ को ६ महीनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महीनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ ।

जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक-एक घटना भए ।अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पु¥याएको घटनाहरु भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रजिअ न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा