२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सेवा समाज कतारद्धारा आर्थिक सहयोग

२०७२, ७ पुष मंगलवार १२:४६

प्रेम सुनार/ पुस ७, गुल्मी । गुल्मी सेवा समाज कतारको संस्थाले गुल्मीका विभिन्न रोगको उपचार गर्न नसकी जिवन मरणको दोसाँधमा रहेका विरामीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मलेन गरी गुल्मीका एक जना मृगौला पिडित र २ जना क्यान्सर पिडित सहित ३ जना आर्थिक अभावका कारण उपचार पाउन नसकेका विरामीहरुलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

समाजद्धारा जनही २५ हजारका दरले आर्थिक सहयोग पाउनेहरुमा गुल्मीको वलेटक्सार ६ की मृगौला रोग पिडित १८ वर्षिया मनिषा ज्ञवाली, हस्तीचौर ६ लल्दीटारका क्यानसर पिडित मंगल नेपाली, तुराङ्ग ३ का क्यान्सर मनोज राजाली रहेका छन् ।

उक्त रकम गुल्मी सेवा समाज कतारका केन्द्रिय उपाध्यक्ष वुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक अर्खवाङ्गका नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु बडागाउँ ५ पेगाका राजु पाण्डे , अमरपुर ३ का रामप्रसाद रेग्मी, रेसुङ्गा नगरपालिका अर्खलेका अविरल अजितले पिडित परिवारलाई नेपाल पत्रकार महासंघमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरेका थिए ।

कतारबाट आई पुग्नु भएका समाजका केन्द्रिय अध्यक्ष शिव खड्काले आफु काठमाण्डौं सम्म आई पुगेको तर पिडितहरुले बेलैमा उपचार गर्न सकुन भन्ने उद्देश्यका लिएर साथीहरु मार्फत उक्त सहयोग गरिएको बताउनुभयो । उहाँले कतारमा रहेर आ–आफ्ना परिवारको गास काटेर पनि गुल्मेलीहरु संगठित भई विपतमा परेका गाउँवासीलाई थोरै भए पनि राहत प्रदान गर्न सक्रिय हुँदै आएको बताउनुभयो ।

गुल्मी सेवा सेमाज कतारले गत वैशाख १२ गतेको भुकुम्पबाट घरवार विहिन भएका जिल्लाका ३२ घरधुरी र यहाँका विद्यालयलाई समेत जस्तापाता लगायतको राहत प्रदान गरेको थियो । समाजले विगतमा पनि उपचार खर्चको अभावमा जिवन मरणको दोसाँधमा पुगेका थुप्रै गुल्मी जिल्लावासीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन