2026-10-27 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परोपकार वहुउद्देश्यीय सहकारी संस्था लिमीटेड वामीको दशौं वार्षिक सधारण सभा सम्पन्न

पुस, वामी (गुल्मी) । परोपकार वहुउद्देश्यीय सहकारी संस्था लिमीटेड वामीको दशौं वार्षिक सधारणसभा आज सम्पन्न भएको छ ।
महेन्द्र आदर्श उमाबि वामीको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष धर्मेनद्र कुमार मल्लको अध्यक्षता रहेको थियो भने प्राथामीक आखाँ उपचार केन्द्रका वामी शाखाका जग्गा तथा भवनदाता तथा समाज सेवी कृष्णहरी सापकोटाको प्रमुख अतिथ्यता तथा महेन्द्र आदर्श उच्च मा.विका प्राचार्य भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष मल्लद्धारा गत बर्ष सम्पन्न नवौ साधारण सभामा पारित भएको निति तथा कार्यक्रमहरुको प्रगति विवरण र चालु बर्षको लागी निति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । त्यस्तै गरी संस्थाका लेखा संयोजक चिरञ्जीवी श्रेष्ठले गत आर्थीक वर्ष २०७१–७२मा ९८ लाख ४३ हजार २ सय ३३ को बराबरको आयब्याय बिबरण प्रस्तुत गर्दै ४ करोड ९४ लाख ३९ हजार २ सय ८१ रुपैयाको सम्पती तथा दायित्वको विवरण समेत पेश गर्नु भएको थियो । सस्थाका ऋणि समितिका संयोजक अग्निधर लोहनीको स्वागत मन्तव्य सँगै शूरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिब गोपिकृष्ण खरेलले गर्नु भएको थियो ।

कार्यक्रममा वामी, मुसिकोट, कुर्घा, पौदि अमराई, अर्लाङकोट, वडागाउँ, नेटा, बाग्लुङको दगातुम्डाडा लगाएतमा रहेका सेयर सदस्य तथा विधुत उपभोक्ताहरुको उपस्थीत रहेको थियो ।

अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला