2026-11-02 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

असार २२, सप्तरी | एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।

 एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआइभी-एड्सका परमर्शदाता सुनिता यादवले बताउनुभयो ।

सप्तरीमा २१२ एचआइभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआइभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगराँै भन्दै उहाँले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिनुभयो ।

निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, ¥यालबाट, एचआइभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा दासले बताउनुभयो । 

उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छँुदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआइभी नसर्ने भएकाले सङ्क्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेमा उनीहरुको आयु बढाउन सकिने बताउनुभयो ।  

 निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी सङ्क्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् । एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द