2026-07-09 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पुचौडी नगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरुमा ताला बन्दी

2019-07-08

कृष्ण बिष्ट | असार २३,  बैतडी | बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ । नगरपालिका लगायत १० वटै  वडाहरुहरुमा अज्ञात समुहले  हिजो राति  तालाबन्दी  गरेको  हो । 

यस्तै  नगरपालिका अन्तगतका २ वटा वडाहरुमा संकास्पद बस्तुसमेत फेला परेको  वडा नं  ३ अध्यक्ष एवं नगर प्रवक्ता दल बहादुर  धामीले  जानकारी दिनुभयो ।वडा नं  ३ र  ५ को  कार्यालयमा रातो कपडाले  बेरेको  संकास्पद बस्तु फेला परेको  उहाँको  भनाइ छ ।  भेटिएको  संकास्पद वस्तु  अहिले सम्म निष्कृय पारिएको  छैन । 

पुचौडी नगरपालिकाको  कार्यालयमा लागेको  ताला  नगरप्रमुख र उपप्रमुखले पुरघाँट प्रहरिचौकि पुचौडि हाँटको  सहयोगमा ताला खोले पनि अन्य वडा कार्यालयमा तालाबन्दीनै  गरिएको नगरपालिकाले जनाएको  छ  ।  ताला कस्ले  लगायो  भन्ने  अहिले  सम्म पत्ता लागेको  छैन ।  

अहिले  नगरपालिकामा बैठक बसिरहेको  छ । यता जिल्ला प्रहरी कार्यालयका प्रहरिनायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले भने नगरपालिकाका प्रत्येक वडाहरुमा लागेको ताला खोल्न पुरघाट प्रहरी चौकि हाँटलाइ  निद्रदेशन दिएको जानकारी दिनुभएको  छ ।  अन्य जिल्लाहरुमा नेत्र विक्रम चन्द नेकपाको  विप्लव समुहले  तालाबन्दी  गरिराखेकोले  बैतडीमा पनि विप्लवले  नै  गरेको  हुनसक्ने  आशंखा गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो