2026-07-25 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाग्लुङ्को ग्वालीचौरमा आज हाइवे प्रहरी बिटको उद्घाटन

बैशाख १, वामी, गुल्मी । बाग्लुङ्को ग्वालीचौर ७ खार मा नवनिर्मित प्रहरी बिटको आज समुद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी हाइवे प्रहरी बिटको उद्घाटन गरिएको हो । प्रहरी बिट सँग सँगै सार्बजनिक शौचालय तथा प्रतिक्षालयको पनि उद्घाटन गरिएको छ ।
gulmi police bit
प्रहरी बिट निर्माण समितिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रेमनारायण भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा समाजसेबी हिरा बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । भने प्रहरी बिटका जग्गा दाता छबिलाल घिमिरेको बिशेष आतिथ्यता रहेको थियो ।
gulmi police bit 2
कार्यक्रममा नेपाली काङ्ग्रेस ग्वालीचौर गाँउ कार्य समितिका सभापति अर्जुन प्रसाद खरेल, एमाओबादीबाट कलाधर घिमिरे, नेकपा माओबादी खिमराज घिमिरे, स्वास्थ्य चौकी इन्चार्ज सुनिल कुमार गुप्ता, भानु उमाबिका निमित्त प्रद्यानाध्यापक नेत्र प्रसाद गौतम, ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रकीस् ब्रह्मकुमारी सुनन्दा, अपाँग संघका अध्यक्ष चुडामणी घिमिरे, रेडियो पुष्पाञ्जलीका कार्यक्रम प्रमुख तथा फोटो पत्रकार प्रकाश घिमिरे, तथा गाबिसका क्रियाशिल अन्य राजनितिक दलका प्रतितिधिहरु, समाजसेबी, नागरीक समाजका प्रतिनिधिहरु, सामजिक परिचालक, लगायतको उपस्थिती रहेको थियो ।
gulmi police bit 1
नवनिर्मित प्रहरी बिट, सार्बजनिक शौचालय, प्रतिक्षालयको कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथिले क्रमश मैनबत्ति बालेर तथा शौचालयको चाबी खोली उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद खरेल, एमाओबादीका कलाधर घिमिरे, नेकपा माओबादीका खिमराज घिमिरे, भानु उमाबिका निमित्त प्रद्यानाध्यापक नेत्र प्रसाद गौतम, तथा चन्दादाता बोमकान्त पौडेलले वरिपरि का अन्य गाबिसहरु भन्दा ग्वालीचौर गाबिस बिकासका कामहरुमा पछाडी परेको भन्दै गाबिसका भएका खानेपानी, लगायतका अन्य समस्याहरुको समाधारमा पनि छिट्टै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
gulmi police
एउटाले काम गर्न शुरु गर्दा अर्काेले खुटटा तान्ने प्रबृतिले गर्दा समग्र गाबिस नै बिकासका कार्यहरुबाट टाढा हुनु परेको उहाँहरुको भनाई छ । कार्यक्रममा बोल्दै अतिथिहरुले गाबिसका भएका बिभिन्न सांस्कृति तथा पर्यटकीय क्षेत्रहरुको पनि संरक्षण गर्नुपर्ने र मेरो नभएर हामी भन्ने भावन बिकास बनाउनु पर्ने बताएका थिए । सबै गाबिसबासीहरु एकताबद्ध भएर अगाडी बढेमा राज्यको पनि कुनै आशा राख्नु नपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा खार प्रहरी इन्चार्ज असई नेत्र बहादुर कोदारले आयब्याय बिबरण प्रस्तुत गर्दै, रु ३ लाख ६० हजार ४ सय ७० मा सम्पुणै निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । जम्माजम्मी ४ लाख ५० हजार जममा भएको चन्दा मध्ये अब ५३ हजार ५ सय ८० रुपैया बाँकी रहेको र प्रहरी इन्चार्ज, निर्माण समितिका अध्यक्ष र कोषाध्यक्षको सयुक्त दस्तखतमा बैंकमा खाता खोली बाँकी रकम राखिने समेत उहाँले जानकारी दिनभयो ।
gulmi pp
निर्माण समितिका कोषाध्यक्ष जीवन कुमारी कुवँरको स्वागत रहेको कार्यक्रमको सञ्चालन खार माबिका शिक्षक योगेश खरेलले गर्नुभएको थियो ।
ग्वालीचौर लगायत अन्य गाबिसहरुका स्थानीय समाजसेबीहरुको चन्दा सहयोगमा निर्माण गरिएको उक्त बिट, शौचालय तथा सार्बजािक प्रतिक्षालयमा सरकारको कत्ति पनि लगानी छैन । भन्ने हो भने गाबिस बाट मात्रै १५ हजार रुपैया सहयोग आएको थियो ।खार प्रहरी प्रमुखको सक्रियतामा भएको यस्तो कामको सबेले प्रशँसा गरेका छन । २०७२ भाद्र २१ गते सर्बदलीय बैठक बसी निर्माण समिति गठन गरि काम अगाडी बढाउन अभियान थालीएको थियो । साथै सोही प्रहरी बिटको नजिकै मन्दिर पनि निर्माण हुन लागेको बताइएको छ । यस्ता निर्माण हरु जति गरिदै गइन्छ उति नै संरक्षण र संबर्दन हुनु पर्ने जरुरी देखिन्छ ।

कार्यक्रममा चन्दादाता, सहयोगी, रेडियो पुष्पाञ्जली लगायत अन्यलाई सम्मान पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा ग्वालीचौर लगायत आसपासका बुद्धिजिवि, समाजसेबी लगायतको उपस्थिती रहेको थियो ।

– अनिश शर्मा गैरे प्रकाश घिमिरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक