2026-09-01 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पृथ्बी उमाबि बडागाँउ ६ मा आजबाट ज्ञान महायज्ञका शुरु

बैशाख ५, वामी (गुल्मी) । पृथ्बी उमाबि बडागाँउ ६ मा आजबाट ज्ञान महायज्ञका शुरु भएको छ । बिद्यालयको भौतिक, आर्थिक सम्पन्नता तथा शैक्षिक गुणस्तरको लागी शुरु गरिएको महायत्रको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासँद चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सासँद भण्डारीले वामीटक्सारलाई नमुना शहर बनाउने बताउनुभएको छ । उहाँले मुसीकोट तथा बडागाँउ गाबिसलाई सबै बिकासका पुर्बधारहरुबाट पुर्ण गराउने बताउनुभयो । आफुले छोटो समयमै गुल्मीमा निकै बिकासका कामहरु गरेर देखाउने बताउनुभयो । सासंद भण्डारीले जनताको सेबा गर्नुनै आफ्नो सबैभन्दा ठुलो धर्म भएको भन्दै गुल्मी तथा क्षेत्र नम्बर २ शिक्षा स्वास्थ्य, खानेपानी लगायतका बिकासका पुर्बाधारहरुलाई प्रशस्त बनाउने बताउनुभयो ।

कार्यक्रममा सासँद भण्डारीले आफ्नो तलब भत्ता समेत जनताको छोराछोरीको लागी खर्च गरिरहेको बताउँदै पृथ्वी उमाबिको भौतिक तथा शैक्षिक बिकासको लागी १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथ उहाँले अन्य आबश्यकताहरुमा पनि सहयोग गर्ने बताउनुभयो । फरक प्रसँगमा सासँद भण्डारीले बढिगाड नदिलाई लन्डनको थेम्स नदिमा जस्तै पुलै पलले ढाक्ने घोषणा गर्नुभयो । आफुले गरेको काममा गरेका अरुले जश लिने काम भइरहेको भन्दै उहाँले त्यस्ता भ्रमहरुमा बिश्वसा नगर्न आग्ह गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी कार्य समितिका सभापति भुवन प्रसाद श्रेष्ठ, बिद्यालयका पुर्ब प्रअ पृथ्वी बहादुर थापा, प्राचार्य चन्द्र बहादुृर पाण्डे, पण्डित राम चन्द्र तिमिल्सिना लगायतले आफ्नो धारण ब्यक्त गर्नुभएको थियो । भने नेपाली काङ्ग्रेस गुल्मी सचिब खिलध्वज पन्थी, महासमिति सदस्य शालिक पन्थी, जिल्ला सदस्य कल्पना घिमिरे, कौरब खत्री लगायत, शिक्षाप्रेमी, समाजसेबी, बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो ।

महायज्ञको पहिलो दिन आग ७० हजार बराबरको आर्थिक रकम संकलन भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा महायज्ञ मुल समारोह समितिका संयोजक हरि प्रसाद घिमिरेको स्वागत रहेको थियो भने समाजसेबी यादब अधिकारीको सञ्चालन रहेको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध