Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा जुवातास खेल्ने १६ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन ४, भक्तपुर ।</b> प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।&nbsp;</p><p>जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र&nbsp; रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।</p><p>त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैयाँसहित&nbsp; ६ जनालाई पक्राउ गरेको छ ।&nbsp;</p><p>पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।&nbsp;</p>