२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीमा आगामी पौष १० र ११ गते नेबिसंघको २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुने

२७ मंसिर २०७२, आईतवार १३:५१

मंसिर २७, वामी गुल्मी । रुद्राबति बहुमुखी क्याम्पस वामीमा रहेको नेपाल बिद्यार्थी संघको ईकाई समितिले आगामी पौष १० र ११ गते बिशेष प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गर्न लागीएको ईकाई समिति संयोजक तथा जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ । प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, सचिब निर्मला पन्थी लगायत जिल्ला समितिबाट पनि बिशेष सहयोगको आशा गर्दे प्रशिक्षकहरुको ब्यबस्थापन गर्न आग्रह गरिएको बताईएको छ ।

प्रशिक्षकको रुपमा जिल्ला देखी केन्द्र सम्मका बिद्यार्थी नेताहरुको उपस्थिती रहने बताईएको छ । प्रशिक्षण कार्यक्रम के कसरी गर्ने भन्ने बिषयमा छलफल गर्न आजै क्याम्पसमा एक बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम समेत समप्न्न गरिएको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब आचार्यले उद्धेश्य, महत्व लगायतको बिषयमा जानकारी गराउनुभएको थियो भने बिद्यार्थीहरुले पनि प्रशिक्षणमा सक्रिय रुपमा सहभागीता जनाउने बताएको क्याम्पसका ईकाई सभापति चन्दा कार्कीको भनाई छ । यस किसिमको प्रशिक्षणले नेपाल बिद्यार्थी संघको क्षेत्रमा वामीलाई केन्द्र सम्म चिनाउन पनि निकै ठुलो भुमिका हुने आयोजकले बताएको छ ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली