२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारी शुरु

२१ माघ २०७२, बिहीबार ०३:०७

माघ २१, (वामी) गुल्मी । शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारीका कार्यक्रम शुरु हुन लागेका छन । गुल्मी क्षेत्र नम्बर १ का पर्ने सम्पुर्ण बिद्यालयहरुको सहभागीतामा कुर्घामा रहेको त्रिभुबन उमाबिमा क्षेत्रिय छनौट कार्यक्रम सम्पन्न हुन लागेको हो ।

कार्यक्रमको तयारी लगायतका बिषयमा छलफल गर्दे आज आयोजक समितिको बैठक पनि सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिका सदस्य नबिन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको बैठकले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी तयारी शुरु गर्ने बताएको छ । शुक्रबार र शनिबार अर्थात आगमी माघ २२ र २३ गते कुर्घामा सम्पन्न हुने कार्यक्रममा छात्रछात्रा भलिबल प्रतियोगीता, छात्रछात्रा कबड्डी लगायतका कार्यक्रमहरु सम्पन्न हुने बिद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी एथ्लेटिक्स तर्फ बिभिन्न दुरीका छात्रछात्रा दौड प्रतियोगीता, फिल्ड तर्फ सटपुट, ज्याबलिङ्ग थ्रो, हाईजम्प लङजम्प, त्रिपलजम्प लगायतका कार्यक्रम हरु सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । २२ गते बिशेष अतिथिहरु सहित उद्घाटन कार्यक्रम सँगै कार्यक्रम सञ्चालन हुने बताईएको छ । सातौ राष्ट्रपनि रिनँग सिल्ड प्रतियोगीतामा सक्रिय रुपमा सहभागीत जनाउनुहुन बिद्यालयले सबै बिद्यालयलाई आग्रह गरेको छ ।

– अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज पनि प्रदर्शन जारी रूपन्देहीमा रवि लामिछानेको तेस्रो दिनको लिखित बयान सुरू १४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो