2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

श्रद्धाञ्जली सभा सम्पन्न

अनिश शर्मा गैरे/ चैत्र १४, वामी गुल्मी ।  रुद्राबति बहुमुखी क्याम्पसले पनि आफ्ना सञ्चालक समितिका मानार्थ सदस्य, क्याम्पसका चन्दादाता तथा सभासद डिलाराम खरेलका पुजनिय पिता देउपती खरेलको निधन भएको प्रति दुख ब्यक्त गर्दे उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जिसीको अध्यक्षता रहेको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख रामु तिवारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै गरी क्याम्पसका उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष गजाधर सापकोटा, सदस्यहरु मोहनलाल श्रेष्ठ, नारायण सापकोटा, समाजसेबी अग्निधर लोहनी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, क्याम्पसका प्राद्यापक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि क्याम्पसका निमित्त प्रमुख रामु तिवारीले उहाँको निधनले आफु तथा क्याम्पस परिबारलाई ठुलो क्षति पुगेको भन्दै दिबगँत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो ।

त्यसैगरी अतिथिहरु भुवन केसी, श्रोत ब्यक्ति देबिराम शर्मा, अग्निधर लोहनी, गजाधर सापकोटा, बिद्यार्थीहरु किशोर कार्की र चन्दा कार्कीले मन्तब्य ब्यक्त गर्दे शोकाकुल परिबार प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्राद्यापक दुर्गा सापकोटाले गर्नुभएको थियो समापन अध्यक्ष महेश जिसीले गर्नुभएको थियो ।
वडा समिति गठन गरियो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक