2026-09-13 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जमा धोबिया टोलवासीको पीडा : दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य

साउन १२, वीरगञ्ज | प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन ।

सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको बस्ती हो । सीमापारी पूर्व–पश्चिम फैलिएको गण्डक नहर र रेल्वेलिकले बाढीको पानी निकासमा बाधक बनेकाले प्रत्येक वर्षको वर्षामा यो बस्ती जोखिममा पर्ने गरेको छ ।

 गत असारको अन्त्यतिर आएको अविरल वर्षाबाट प्रभावित भएको यो बस्ती हालसम्म डुबानमै छ । अहिलेसम्म चारैतिर पानी नै पानी जमेकाले बस्ती टापुमा परिणत भएको छ । गण्डक नहरका लागि झकडा मसिहानीस्थित गङ्गोल (पुराना) खोलामा बनाइएको पुलबाट गाउँमा पानी पस्ने गरेको भए पनि सो पानी निकास नहुँदा बस्ती प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् ।

पीडितहरुलाई राहतको नाममा चिउरा, दालमोठजस्ता राहतका सामग्री वितरण गरिए पनि ठोस उपाय हुन नसकेको पीडितहरुको गुनासो छ । प्रत्येक वर्ष वर्षाले जलमग्न हुने सो बस्तीलाई अन्यत्र सार्ने प्रयास गरिए पनि धोबियाटोलवासी पुख्र्यौली ठाउँ छाडेर अन्यत्र जान मानिरहेका देखिँदैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन