2026-09-13 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आज भारतको धौलीगंगा बाध खोलिदै, महाकाली नदि किनारका बासिन्दालाई सतर्क रहन आग्रह

कृष्ण बिष्ट | साउन १३, बैतडी  |  भारतको धौलीगंगा बाध खोलिने भएकाले महाकाली नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुला सुचना जारी गर्दै साउन १३ गते अर्थात आज राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन  आग्रह  गरिएको हो । 

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ ६ः४५ बजेसम्म महाकाली नदिको बहाव बड्ने भएकाले तटीय क्षेत्र जोखिममा रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिनुभयो । 

दार्चुलाको व्यास गाउपालिका, महाकाली नगरपालिका, मालिकाजुर्नन गाउपालिका  र लेकम गाउपालिका महकाली प्रभावित क्षेत्र हुन । महाकालीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । बर्षादको समय भएकाले महाकाली नदिमा पानिको बहाव बढेको हुनाले धौलीगंगाको बाँध खोलिदा पानिको बहाब बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको उहाले बताउनुभयो । 

बैतडीको पञ्चेश्वर गाउपालिका तथा शिवनाथ गाउपालिकाका अधिकांस बस्तिहरु महाकाली किनारमा पर्दछन । पञ्चेश्वर तथा शिवनाथ गाउपालिकाले पनि सो अवधिमा नदि किनारमा नजान आग्रह गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले