2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

राजकुमार पराजुली, साउन २०, काभ्रेपलाञ्चोक । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । 

तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गर्नुभएको हो । “तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हाइकिङ अभियान शुरु गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसलाई सरकारले अघि सारेको ‘भ्रमण वर्ष–२०२०’ को पूर्व तयारीका रुपमा समेत लिइएको छ । 

तेमाल गाउँपालिका–७ चापाखोरीबाट शुरु गरिएको हाइकिङ पोखारीनारायणस्थान, याङ्बेलस्थित तोङ्सोम कुण्डमा टुङ्गिएको थियो । हाइकिङ विभिन्न रमणीय डाँडा पार गर्दै चार घण्टाको पैदलपछि सकिन्छ । हाइकिङ शुरुआती अभियानमा ४० जना युवा सहभागी थिए ।

सांसद लामाले विदेशी पाहुनासमेतको सहभागितामा आगामी दिनमा हाइकिङ आयोजना गर्दैजाने  बताउनुभयो । उहाँले भन्नुभयो, “यो शुरुआत मात्रै हो, यो अभियान भिजिट नेपाल ट्वान्टीट्वान्टी लक्षित हो, यहाँका युवाले पटकपटक सञ्चालन गर्नुहुन्छ ।” उहाँका अनुसार पर्यटनको विकासमा युवालाई अग्रसर बनाउन हाइकिङ अभियान सञ्चालन गरिएको हो । 

हाइकिङका क्रममा स्थानीय डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटन सम्भावनाका महत्वका विषयमा पर्यटन व्यवसायी कर्ण लामा र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिलाबहादुर लामाले युवालाई जानकारी गराउनुभएको थियो । तेमाल गाउँपालिका– २ का वडाध्यक्ष तिमालसिंह तामाङले हाइकिङ अभियानलाई स्थापित गराउन आफूहरु लागेको बताउनुभयो । 

हाइकिङ अभियानलाई स्थानीय नेकपाका नेताकार्यकर्ता, पर्यटन व्यवसायी तथा स्थानीय सामाजिक अभियन्ताले साथ दिएका छन् । हाइकिङ टोलीले तेमाल गाउँपालिका–७ चापाखोरी डाँडामा निर्माण हुन लागेको टुरिजम मेमोरी पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिरलगायत विभिन्न धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो । 

तेमालको समग्र विकास निर्माणका लागि २०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले साथ दिएको परियोजनाका अध्यक्ष हिरामान लामाले बताउनुभयो । उहाँका अनुसार तेमाल क्षेत्रमा पर्यटन विकास परियोजनामा सात वटा पार्क, तेमाल भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ सङ्ग्रहालय, डम्फुपार्क, अन्तर्राष्ट्रिय तामाङ पार्क र संसारकै अग्लो बुद्ध मूर्ति विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने योजना बनाइएको छ । 

आउँदो ‘भ्रमण वर्ष–२०२०’ का लागि काभ्रेपलाञ्चोकस्थित नेपाली सेनाको विष्णु दल गणले पनि नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । 

गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८२० मा काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्गलाई भ्रमण वर्षका ‘यूनिफिकेशन टे«किङ टे«ेल’ निर्माण गर्न लागेको हो । टे«किङ टे«ेल निर्माणपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द