2026-09-18 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

राजकुमार पराजुली, साउन २०, काभ्रेपलाञ्चोक । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । 

तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गर्नुभएको हो । “तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हाइकिङ अभियान शुरु गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार यसलाई सरकारले अघि सारेको ‘भ्रमण वर्ष–२०२०’ को पूर्व तयारीका रुपमा समेत लिइएको छ । 

तेमाल गाउँपालिका–७ चापाखोरीबाट शुरु गरिएको हाइकिङ पोखारीनारायणस्थान, याङ्बेलस्थित तोङ्सोम कुण्डमा टुङ्गिएको थियो । हाइकिङ विभिन्न रमणीय डाँडा पार गर्दै चार घण्टाको पैदलपछि सकिन्छ । हाइकिङ शुरुआती अभियानमा ४० जना युवा सहभागी थिए ।

सांसद लामाले विदेशी पाहुनासमेतको सहभागितामा आगामी दिनमा हाइकिङ आयोजना गर्दैजाने  बताउनुभयो । उहाँले भन्नुभयो, “यो शुरुआत मात्रै हो, यो अभियान भिजिट नेपाल ट्वान्टीट्वान्टी लक्षित हो, यहाँका युवाले पटकपटक सञ्चालन गर्नुहुन्छ ।” उहाँका अनुसार पर्यटनको विकासमा युवालाई अग्रसर बनाउन हाइकिङ अभियान सञ्चालन गरिएको हो । 

हाइकिङका क्रममा स्थानीय डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटन सम्भावनाका महत्वका विषयमा पर्यटन व्यवसायी कर्ण लामा र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिलाबहादुर लामाले युवालाई जानकारी गराउनुभएको थियो । तेमाल गाउँपालिका– २ का वडाध्यक्ष तिमालसिंह तामाङले हाइकिङ अभियानलाई स्थापित गराउन आफूहरु लागेको बताउनुभयो । 

हाइकिङ अभियानलाई स्थानीय नेकपाका नेताकार्यकर्ता, पर्यटन व्यवसायी तथा स्थानीय सामाजिक अभियन्ताले साथ दिएका छन् । हाइकिङ टोलीले तेमाल गाउँपालिका–७ चापाखोरी डाँडामा निर्माण हुन लागेको टुरिजम मेमोरी पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिरलगायत विभिन्न धार्मिकस्थलको अवलोकनसमेत गरेको थियो । 

तेमालको समग्र विकास निर्माणका लागि २०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले साथ दिएको परियोजनाका अध्यक्ष हिरामान लामाले बताउनुभयो । उहाँका अनुसार तेमाल क्षेत्रमा पर्यटन विकास परियोजनामा सात वटा पार्क, तेमाल भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ सङ्ग्रहालय, डम्फुपार्क, अन्तर्राष्ट्रिय तामाङ पार्क र संसारकै अग्लो बुद्ध मूर्ति विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने योजना बनाइएको छ । 

आउँदो ‘भ्रमण वर्ष–२०२०’ का लागि काभ्रेपलाञ्चोकस्थित नेपाली सेनाको विष्णु दल गणले पनि नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । 

गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८२० मा काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्गलाई भ्रमण वर्षका ‘यूनिफिकेशन टे«किङ टे«ेल’ निर्माण गर्न लागेको हो । टे«किङ टे«ेल निर्माणपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई