Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १० गते, बिहान ४:३८ बजे
रुपन्देही - RPD

अयाल निगमकै पेट्रोल पम्प सिल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण खनाल/मङ्सिर १०, बुटवल । नेपाल आयल निगम भलवारी डिपोबाट सञ्चालनमा आएको भैरहवा बुद्धचोक नजिक रहेको पेट्रोल पम्पले कम परिमाणमा उपभोक्तलाई तेल दिने गरेको खुलेको छ ।

सरकारी स्वामित्वमा रहेको पेट्रोल पम्पबाट नै उपभोक्ताहरु माथी ठगी हुदै आएको खुलेपछि जिल्ला स्तरिय अनुगमन टोलीले विहिवार पम्प सिल गरेको छ । आयल निगमको भैरहवामा रहेको तेल बिक्री केन्द्र मा सरकारि अनुगमन टोलिले सिलबन्दी गरेको हो ।

तस्वीरः दामोदर खनाल
तस्वीरः दामोदर खनाल

मोटर फिट गरेर कम परिमाणमा तेल बेचेको खुलासा भएको हो । भलवारी डिपो प्रमुखको रुपमा रहेका प्रमुख दिनेश यादव केही दिन पहिला विभागिय कारवाहीमा परेका थिए ।

उनको आदेशमा नै उपभोक्तामाथी ठगी हुदै आएको सरोकारवालाहरुले बताएका छन् ।