2026-11-01 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एम्स कलेजद्वारा उदाहरणीय काम – दुबै खुट्टा गुमाएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ती

butwol newsमंसिर ११, बुटवल । सडक दुर्घटनाको कारण ९ वर्षको हुँदा दुबै खुट्टा गुमाएका देवदह नगरपालिका–४ का सुजन मल्ल लाई बुटवलको एम्स कलेजले बिबिएस (चार बर्षे) निःशुल्क अध्यापन गराउने भएको छ । ५ जनाको परिवार रहेको विद्यार्थी मल्लको पारिवारिक अवस्था समेत नाजुक रहेकोले आफुहरुले ४ बर्ष विविएस उत्र्तीण गर्न लाग्ने करिव १ लाख ६० हजार रुपैयाँ खर्च व्यहोर्ने निर्णय गरिएको एम्स कलेजका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिए ।

ग्रीन प्लान्ट उमावि बाट प्रवेशिका परिक्षामा ७८ प्रतिशत अंक र सोही उमाविमा प्लसटु ७३ प्रतिशतका साथ उत्र्तीण गरेका मल्ललाई उनको महिनेत र पढाई प्रतिको लगावको कारण एम्स कलेजले निःशुल्क रुपमा अध्यायपन गराउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक ढकालले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी मल्लका बुबा अहिले ड्राईभिङ्ग गर्दैै आएका छन् । विहिवार विद्यार्र्थी मल्लका अभिभावक आमा बुबाको साथमा विद्यार्थीलाई चार बर्ष सम्म कुनै पनि शुल्क नलिने गरी अध्यायपनको जिम्मा लिएको क्याम्पस प्रमुख ढकालले जानकारी दिए । उनले अपाङ्गता भएका विद्यार्थीहरुमा पनि अन्य व्याक्ति सरह क्षमता भएको भन्दै आर्थिक अभावको कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुले विद्यार्थीलाई सहयोग गरिएको समेत जानकारी दिए । देवदह खैरेनी घर घएका मल्लका बुवा वोधविक्रम मल्ल र आमा गीता मल्ल हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द