2026-06-29 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हाटबजार व्यवसायी संघको दशौ साधारण सभा सम्पन्न

1चैत २, बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीको दशौ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष भिमलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कुनै पनि हाटबजार सञ्चालनको लागि स्थानिय स्वात्त शासन ऐन २०५५ अनुसार स्वायत्तता प्रदान गरेको भन्दै हाटबजारको लागि चाहिने न्युनतम आधारभुत भौतिक संरचना स्थानिय निकायले नै निर्माण गर्नुपर्ने बताएका थिए ।

उनले हाटबजारमा न्युन लगानी भएका किसानहरुले दैनिक जिविको पार्जनको लागि व्यापार व्यवसाय गर्दै आएको भन्दै उनीहरुको दैनिक जिविकाको लागि पनि स्थानिय निकायबाट ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले न्युनतम आधाभुत भौतिक पुर्वाधार भएको स्थानमा मात्र जिल्ला कृषि बिकास कार्यालयले लगानी गर्ने बताएका थिए ।

उनले यस बर्ष पनि रुपन्देहीका १०/१२ वटा स्थानमा भौतिक पुर्वाधार निर्माणको लागि जिल्ला कृषि विकास कार्यालयले लगानी गर्ने योजना ल्याएको भन्दै यसको लागि सबैको सहकार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालले हाटबजार व्यवसायीहरुमा पनि केही समस्या रहेको भन्दै किसानले आफुले चाहेको बस्तु सेडमा राखेर विक्रि गर्न पाउनुपर्ने बताएका थिए ।

2

कार्यक्रममा बुटवल उपपमहानगरपालिका का पुर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाली काग्रेसका नगर सभापती खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जवल कसजु, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी, नेकपा एमालेका नगर सचिव किसन ज्ञवाली, एमाओवादीका हरि घिमिरे, राष्ट्रिय जनमोर्चाका टान बहादुर केसी, संघका देववदह शाखा अध्यक्ष कृष्ण अर्याल, पुर्व अध्यक्ष तथा कृषि संयोजक प्रकाश खनाल, सैना मैना नगरपालिका प्रतिनिधि प्रदिप गिरी, खुद्रा किराना व्यवसायी संघी अध्यक्ष कमला पाण्डे, सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरि पन्त, नेपा राष्ट्रिय उद्योग व्यापार संगठनका कृष्ण प्रसाद अर्याल, संघका सह सचिव लिलाधर खरेल, शसक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगयताले बोलको थिए । कार्यक्रम संघका उपाध्यक्ष टेक बहादुर जिसीको स्वागत तथा महासचिव छविलाल चापागाईले सञ्चालन गरेका थिए ।

 

हाटबजार व्यवसायी संघ रुपन्देहीले प्रत्येक २/२ बर्षमा प्रदान गर्दै आएको उत्कृष्ठ पत्रकारिता पुरस्कार पत्रकार कृष्ण खनालले प्राप्त गरेका छन् । विगत ८ बर्ष देखि रुपन्देहीको पत्रकारितामा संघर्षरत पत्रकार खनाल बुटवल टुडे दैनिकमा आवद्व छन् ।

उनलाई रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, संघका अध्यक्ष भिमलाल ज्ञवालीले संयुक्त रुपमा सम्मान पत्र, दोसोल्ला, मायाको चिनोले सम्मान गरेका थिए । पुरस्कारको रासी नगद ५ हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ