२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा माछाबाट बार्षिक १ अर्ब आम्दानी

२०७२, २५ चैत्र बिहीबार ०६:४०

कृष्ण खनाल, चैत २५, बुटवल । माछा पालनमा नमुना जिल्लाको रुपमा रहेको रुपन्देही जिल्लाले बार्षिक १ अरव रुपैयाँ बराबरको आम्दानी माछाबाट मात्र गर्दै आएको पाइएको छ ।

fish

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार माछा उत्पादनमा नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गरेको रुपन्देहीले जिल्लाको माग पुरा गरी अन्य जिल्लामा समेत माछा निर्यात गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देही जिल्लामा कुल जलाशय क्षेत्रफल ९ सय ३५ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल ८ सय ९ हेक्टर मा किसानहरुले माछा पालन गर्दै आएका छन् ।

प्राकृतिक घोल÷ताल जलाशय क्षेत्रफल १ सय २६ हेक्टर रहेको छ भने जिल्लामा २ हजार १ सय ४ ले किसानले व्यवसायीक रुपमा माछा पाल्दै आएका छन् । रुपन्देहीमा कुल पोखरी संख्या ३ हजार ७ सय ८० वटा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी पछिल्लो समयमा भने केही संख्या बढेको छ ।

बार्षिक रुपमा ४ हजार २ सय ५ मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व ४.८७ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन्–‘रुपन्देही जिल्ला खाने माछा र मत्स्य बीज उत्पादनमा आत्मनिर्भर बनेको छ ।’

जिल्लामा प्रति व्यक्ति प्रति बर्ष माछा खपत ४.७५ किलोग्राम हुदै आएको जनाइएको छ ।
रुपन्देही जिल्लामा मत्स्यपालनको संस्थागत र नीजि गरी दुई प्रकृतिले माछाको व्यवसायीकरण हुदै गएको छ । जसको लागि जिल्लामा एक वटा मत्स्य व्यवसायी संघ समेत गठन गरिएको छ भने एउटा मत्स्य सहकारी संस्था समेत दर्ता गरी आफ्नो काम किसानहरुले अगाडी बढाइरहेका छन् ।
ययसको अलवा किसानहरुले ५७ वटा ‘मत्स्य पालक कृषक समुह’ समेत गठन गरि व्यवजसायीक रुपमा माछा पाल्दै आएका छन् ।
माछाको भुरा उत्पादनको लागि समेत रुपन्देहीमा ७ वटा स्रोत केन्द्र (मत्सय ह्याचरी)स्थापना भएका छन् । जसमा एउटा सरकारी क्षेत्रबाट सञ्चालित छ भने ६ वटा नीजी स्तरबाट सञ्चालित छन् । जिल्लामा मत्स्य नर्सरीहरु १६ वटा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा ताजा माछा स्वादिलो हुनेभएकोले जिल्लामा जिउदो माछा पसल समेत सञ्चालन हुने क्रम बढ्दै गएको छ । उपभोक्ताहरुको रोजाईमा ताजा जिउदो माछा पर्ने भएको कारणले पनि व्यवसायीहरुले यसतर्फ आफ्नो लगानी बढाउदै गएका छन् । जिल्ला कृषि विकास कार्यालयमा आधिकारिक रुपमा दर्ता भएर रुपन्देहीमा १५ वटा जिउदो माछा पसल सञ्चालनमा आएका छन् ।

जिल्लामा दानको लागि समेत अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्याता छैन । रुपन्देहीमा दुई वटा मत्स्य दाना उद्योग सञ्चालनमा आएका छन् । बुद्ध दाना उद्योग, दयानगर छपिया र र हिमदाना उद्योग बुटवल रहेका छन् । जिल्लामा करिव १ सय वटा मत्स्य फर्महरु समेत सञ्चालनमा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा पाईन्छ । मत्स्य प्रशोधन केन्द्र आईस प्लान्ट रुपन्देहीको दयानगर गाविस छपिया समेत सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको संमन्वयमा मत्स्य बजार सेड समेत दयानगर, छपिया मा निर्माण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजप्रसाद सापकोटा भन्छन्–‘ रुपन्देही जिल्लामा मत्स्यपालन क्षेत्रका धेरै संभावना भएको क्षेत्र हो , एक बाली मात्र हुने (धान बाली मात्र) मत्स्य पोखरी निर्माण गरि तुलनात्मक रुपमा बढी आम्दानी लिन सकिने प्रचुर संभावना रहेको छ ।’उनका अनुसार जिल्लामा थप क्षेत्र बिस्तारको उपयुक्त १ हजार हेक्टर क्षेत्रफल अझै पनि विस्तार गर्न सकिन्छ ।

उपभोक्ताको जिउदो माछा तर्फको आर्कषण तथा सचेतनाले जिल्लामा जिउदो माछा बजार विस्तारको अत्यन्त राम्रो संभावना बढ्दै गएको पाईन्छ । जिल्लामा माछा प्रशोधन उद्योगको स्थापना गर्न र कृषि पर्यटन उद्योग स्थापन गर्न उच्च संभावना रहेको छ भने पोखरीको डीलमा खेर गैरहेको जग्गा सदुपयोग गर्न तरकारी तथा फलफुल खेती र माछाको लागि आवश्यक घाँस खेती गर्न समेत सकिन्छ ।
माछा पालनमा केही समस्याहरु समेत रहेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा मत्स्य विकास अधिकृत रमेश जैसवाल का अनुसार नेपालको माछा गुणस्तरीय भएता पनि भारतीय माछासंग कृषकहरुले प्रतिस्पर्धा गर्न नसक्नु,बंशाणुगत क्षमतामा हा्रस आई उत्पादकत्व कमी हुनु , कृषि बाली सरह सिंचाईको सुविधा प्राप्त हुन नसक्नु,जिउँदो माछाको बजारीकरणको लागि गुणस्तरीय ढुवानी सुविधाको अभाव,उत्पादन लागत बढी, सुलभ एवम् गुणस्तरीय मत्स्य दानाको उपलब्धतामा कमी लगायतका समस्या हरु रुपन्देही जिल्लाका विद्यमान समस्याहरु हुन ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले यस बर्ष रुपन्देही जिल्लामा मत्स्य विकासको लागि प्रस्तावित प्राथमिकता प्राप्त कार्यक्रमहरुमा मत्स्य पालन क्षेत्र बिस्तार आयोजना, मत्स्य उत्पादन बिशेष कार्यक्रम (पोखरी निर्माण)का लागि तीन लाख प्रति हेक्टरका दरले अनुदान रकम उपलब्ध गराई क्षेत्र विस्तार गर्ने, मत्स्य उत्पादन तथा उत्पादकत्व बृद्धि आयोजना, सघन मत्स्यपालन पकेट क्षेत्र विकास कार्यक्रम ः फार्म यान्त्रिकरण, अन द जब तालिम, गुणस्तर मत्स्यबीज श्रोत केन्द्र स्थापना कार्यक्रम बाट उत्पादन गरिएका मत्स्य बीजको लागि निजी स्तरमा श्रोत केन्द्र विकास लगायतका आयोजनाहरु अगाडी बढाएको छ ।

मत्स्य विकास अधिकृत जसैवाल भन्छन्–‘मत्स्यपालनमा यान्त्रिकरण कार्यक्रम ः पचास प्रतिशत अनुदानमा पेलेट दाना बनाउने मेशिन, एरिएटर मेशिन, पावर टिलर, फिड मेशिन, मड पम्प, एक्सेल फ्लो पम्प तथा पानीको गुणस्तर जाच गर्र्ने पि.एच. मिटर, डि.ओ. मिटर उपलब्ध गराउने, पंगासियस मत्स्यपालन प्रर्बद्धन कार्यक्रम ः (सहभागितात्मक बृहत्तर पंगासियस मत्स्यपालन विकास कार्यक्रम) लगायतका अयोजनाहरु अगाडी बढाएका छौ ।’

यस्तै पकेट क्षेत्रको रुपमा रहेको रुपन्देहीको सेमलार–छपिया करिडोर मत्स्य विकास आयोजना निर्माण गर्ने, दयानगर, प.अमवा, मानमटेरिया, सेमलार गा.वि.स. समेटिने गरि सेमलार–छपिया करिडोर मत्स्य विकास आयोजनाको रुपमा कार्यक्रम संचालन गर्न पोखरी निर्माण, फार्म यान्त्रिकरण, पंगासियस माछापालन, मत्स्य पर्यटनलगायतका कार्यक्रमहरु एकीकृत रुपमा संचालन गर्ने योजना समेत जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसको अलवा एक लिंगीय टिलापिया हयाचरी निर्माण एवं व्यवस्थापन, पंगासियस हयाचरी निर्माण एवं व्यवस्थापन,मत्स्य दाना उद्योग प्रर्बद्धन कार्यक्रम, मत्स्य पर्यटन प्रर्बद्धन आयोजना, मत्स्य बजार प्रर्बद्धन आयोजना, जिउँदो माछा बजार प्रर्बद्धन कार्यक्रम, पोष्ट हार्भेस्ट प्रविधि प्रसार कार्यक्रम लगायतका कार्यक्रमहरु यस बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अगाडी बढाएको छ ।

तस्वीरः विवरण – रुपन्देहीको एक माछा पोखरीमा बहुउपयोगीरुपमा प्रयोग गर्दै किसानहरु । उनीहरुले माछा पोखरीको डिलमा केरा तथा तरकारी खेती गर्दै आएका छन् । तस्वीरः जिल्ला कृषि विकास कार्यालय ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ