2026-11-01 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा माछाबाट बार्षिक १ अर्ब आम्दानी

कृष्ण खनाल, चैत २५, बुटवल । माछा पालनमा नमुना जिल्लाको रुपमा रहेको रुपन्देही जिल्लाले बार्षिक १ अरव रुपैयाँ बराबरको आम्दानी माछाबाट मात्र गर्दै आएको पाइएको छ ।

fish

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार माछा उत्पादनमा नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गरेको रुपन्देहीले जिल्लाको माग पुरा गरी अन्य जिल्लामा समेत माछा निर्यात गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देही जिल्लामा कुल जलाशय क्षेत्रफल ९ सय ३५ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल ८ सय ९ हेक्टर मा किसानहरुले माछा पालन गर्दै आएका छन् ।

प्राकृतिक घोल÷ताल जलाशय क्षेत्रफल १ सय २६ हेक्टर रहेको छ भने जिल्लामा २ हजार १ सय ४ ले किसानले व्यवसायीक रुपमा माछा पाल्दै आएका छन् । रुपन्देहीमा कुल पोखरी संख्या ३ हजार ७ सय ८० वटा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी पछिल्लो समयमा भने केही संख्या बढेको छ ।

बार्षिक रुपमा ४ हजार २ सय ५ मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व ४.८७ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन्–‘रुपन्देही जिल्ला खाने माछा र मत्स्य बीज उत्पादनमा आत्मनिर्भर बनेको छ ।’

जिल्लामा प्रति व्यक्ति प्रति बर्ष माछा खपत ४.७५ किलोग्राम हुदै आएको जनाइएको छ ।
रुपन्देही जिल्लामा मत्स्यपालनको संस्थागत र नीजि गरी दुई प्रकृतिले माछाको व्यवसायीकरण हुदै गएको छ । जसको लागि जिल्लामा एक वटा मत्स्य व्यवसायी संघ समेत गठन गरिएको छ भने एउटा मत्स्य सहकारी संस्था समेत दर्ता गरी आफ्नो काम किसानहरुले अगाडी बढाइरहेका छन् ।
ययसको अलवा किसानहरुले ५७ वटा ‘मत्स्य पालक कृषक समुह’ समेत गठन गरि व्यवजसायीक रुपमा माछा पाल्दै आएका छन् ।
माछाको भुरा उत्पादनको लागि समेत रुपन्देहीमा ७ वटा स्रोत केन्द्र (मत्सय ह्याचरी)स्थापना भएका छन् । जसमा एउटा सरकारी क्षेत्रबाट सञ्चालित छ भने ६ वटा नीजी स्तरबाट सञ्चालित छन् । जिल्लामा मत्स्य नर्सरीहरु १६ वटा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा ताजा माछा स्वादिलो हुनेभएकोले जिल्लामा जिउदो माछा पसल समेत सञ्चालन हुने क्रम बढ्दै गएको छ । उपभोक्ताहरुको रोजाईमा ताजा जिउदो माछा पर्ने भएको कारणले पनि व्यवसायीहरुले यसतर्फ आफ्नो लगानी बढाउदै गएका छन् । जिल्ला कृषि विकास कार्यालयमा आधिकारिक रुपमा दर्ता भएर रुपन्देहीमा १५ वटा जिउदो माछा पसल सञ्चालनमा आएका छन् ।

जिल्लामा दानको लागि समेत अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्याता छैन । रुपन्देहीमा दुई वटा मत्स्य दाना उद्योग सञ्चालनमा आएका छन् । बुद्ध दाना उद्योग, दयानगर छपिया र र हिमदाना उद्योग बुटवल रहेका छन् । जिल्लामा करिव १ सय वटा मत्स्य फर्महरु समेत सञ्चालनमा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा पाईन्छ । मत्स्य प्रशोधन केन्द्र आईस प्लान्ट रुपन्देहीको दयानगर गाविस छपिया समेत सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको संमन्वयमा मत्स्य बजार सेड समेत दयानगर, छपिया मा निर्माण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजप्रसाद सापकोटा भन्छन्–‘ रुपन्देही जिल्लामा मत्स्यपालन क्षेत्रका धेरै संभावना भएको क्षेत्र हो , एक बाली मात्र हुने (धान बाली मात्र) मत्स्य पोखरी निर्माण गरि तुलनात्मक रुपमा बढी आम्दानी लिन सकिने प्रचुर संभावना रहेको छ ।’उनका अनुसार जिल्लामा थप क्षेत्र बिस्तारको उपयुक्त १ हजार हेक्टर क्षेत्रफल अझै पनि विस्तार गर्न सकिन्छ ।

उपभोक्ताको जिउदो माछा तर्फको आर्कषण तथा सचेतनाले जिल्लामा जिउदो माछा बजार विस्तारको अत्यन्त राम्रो संभावना बढ्दै गएको पाईन्छ । जिल्लामा माछा प्रशोधन उद्योगको स्थापना गर्न र कृषि पर्यटन उद्योग स्थापन गर्न उच्च संभावना रहेको छ भने पोखरीको डीलमा खेर गैरहेको जग्गा सदुपयोग गर्न तरकारी तथा फलफुल खेती र माछाको लागि आवश्यक घाँस खेती गर्न समेत सकिन्छ ।
माछा पालनमा केही समस्याहरु समेत रहेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा मत्स्य विकास अधिकृत रमेश जैसवाल का अनुसार नेपालको माछा गुणस्तरीय भएता पनि भारतीय माछासंग कृषकहरुले प्रतिस्पर्धा गर्न नसक्नु,बंशाणुगत क्षमतामा हा्रस आई उत्पादकत्व कमी हुनु , कृषि बाली सरह सिंचाईको सुविधा प्राप्त हुन नसक्नु,जिउँदो माछाको बजारीकरणको लागि गुणस्तरीय ढुवानी सुविधाको अभाव,उत्पादन लागत बढी, सुलभ एवम् गुणस्तरीय मत्स्य दानाको उपलब्धतामा कमी लगायतका समस्या हरु रुपन्देही जिल्लाका विद्यमान समस्याहरु हुन ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले यस बर्ष रुपन्देही जिल्लामा मत्स्य विकासको लागि प्रस्तावित प्राथमिकता प्राप्त कार्यक्रमहरुमा मत्स्य पालन क्षेत्र बिस्तार आयोजना, मत्स्य उत्पादन बिशेष कार्यक्रम (पोखरी निर्माण)का लागि तीन लाख प्रति हेक्टरका दरले अनुदान रकम उपलब्ध गराई क्षेत्र विस्तार गर्ने, मत्स्य उत्पादन तथा उत्पादकत्व बृद्धि आयोजना, सघन मत्स्यपालन पकेट क्षेत्र विकास कार्यक्रम ः फार्म यान्त्रिकरण, अन द जब तालिम, गुणस्तर मत्स्यबीज श्रोत केन्द्र स्थापना कार्यक्रम बाट उत्पादन गरिएका मत्स्य बीजको लागि निजी स्तरमा श्रोत केन्द्र विकास लगायतका आयोजनाहरु अगाडी बढाएको छ ।

मत्स्य विकास अधिकृत जसैवाल भन्छन्–‘मत्स्यपालनमा यान्त्रिकरण कार्यक्रम ः पचास प्रतिशत अनुदानमा पेलेट दाना बनाउने मेशिन, एरिएटर मेशिन, पावर टिलर, फिड मेशिन, मड पम्प, एक्सेल फ्लो पम्प तथा पानीको गुणस्तर जाच गर्र्ने पि.एच. मिटर, डि.ओ. मिटर उपलब्ध गराउने, पंगासियस मत्स्यपालन प्रर्बद्धन कार्यक्रम ः (सहभागितात्मक बृहत्तर पंगासियस मत्स्यपालन विकास कार्यक्रम) लगायतका अयोजनाहरु अगाडी बढाएका छौ ।’

यस्तै पकेट क्षेत्रको रुपमा रहेको रुपन्देहीको सेमलार–छपिया करिडोर मत्स्य विकास आयोजना निर्माण गर्ने, दयानगर, प.अमवा, मानमटेरिया, सेमलार गा.वि.स. समेटिने गरि सेमलार–छपिया करिडोर मत्स्य विकास आयोजनाको रुपमा कार्यक्रम संचालन गर्न पोखरी निर्माण, फार्म यान्त्रिकरण, पंगासियस माछापालन, मत्स्य पर्यटनलगायतका कार्यक्रमहरु एकीकृत रुपमा संचालन गर्ने योजना समेत जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसको अलवा एक लिंगीय टिलापिया हयाचरी निर्माण एवं व्यवस्थापन, पंगासियस हयाचरी निर्माण एवं व्यवस्थापन,मत्स्य दाना उद्योग प्रर्बद्धन कार्यक्रम, मत्स्य पर्यटन प्रर्बद्धन आयोजना, मत्स्य बजार प्रर्बद्धन आयोजना, जिउँदो माछा बजार प्रर्बद्धन कार्यक्रम, पोष्ट हार्भेस्ट प्रविधि प्रसार कार्यक्रम लगायतका कार्यक्रमहरु यस बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अगाडी बढाएको छ ।

तस्वीरः विवरण – रुपन्देहीको एक माछा पोखरीमा बहुउपयोगीरुपमा प्रयोग गर्दै किसानहरु । उनीहरुले माछा पोखरीको डिलमा केरा तथा तरकारी खेती गर्दै आएका छन् । तस्वीरः जिल्ला कृषि विकास कार्यालय ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द