2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

‘शव’व्यवस्थापन गर्न अञ्चल अस्पतालाई ‘सधै घाँडो’

lumbininकृष्ण खनाल/बैशाख २३, बुटवल । अस्पतालमा मृत्यु भएका तथा अन्य स्थानमा मृत्युभई पोष्टमार्टमको लागि अस्पतालमा ल्याइएका सव सम्बन्धीत आफन्तको पत्तो नलाग्दा लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन टाउको दुखाईको विषय भएको छ ।

केही समय पहिल १२ ओटा बेवारिसे शव व्यवस्थापन गरेको १५ दिन नबित्दै लुम्बिनी अञ्चल अस्तालतको शव राख्ने फ्रिज (मर्चरी) फेरि भरिएको कारण थप समस्या भएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालमा १५ दिनको अवधिमा ६ ओटा बेवारिस शव जम्मा भएका हुन् । अस्पतालमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले मर्चरीमा एक साता अगाडिदेखि राखिएका शव व्यवस्थापन हुन नसक्दा अस्पतालमा पुनः दुर्गन्ध फैलिन थालेको बताउछन् । समयमै उपमहानगरपालिकाले बेवारिसे शवको व्यवस्थापन गर्न नसक्दा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ ।
अस्पतालमा रहेको मर्चरीको क्षमता ६ ओटा शवको मात्र हो ।

गत चैत १७ गते १ महीनापछि बुटवल उपमहानगरपालिले अस्पतालमा जम्मा भएका १२ ओटा शव व्यवस्थापन गरेको थियो । बेवारिसे शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्छ । तर, शव व्यवस्थापन गर्न स्थायी ठाउँ नहुँदा उपमहानगरपालिकालाई टाउको दुखाइको विषय बनेको छ । उचित स्थान नभएसम्म शव व्यवस्थान गर्न नसकिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।

अस्पताल विकास समितिका सदस्य टंक पराजुलीले शव व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा थप समस्या भएको बताउछन् । उनी भन्छन्–‘यसरी जम्मा भएका शव जलाउन नपाईने व्यवस्था हरेछ, अनिवार्य रुपमा गाड्नुपर्ने भएको कारण पनि जग्गा अभावको समस्या उत्पन्न भएको छ ।’

उनले अञ्चल अस्पताल विकास समितिले यस विषयमा बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने समेत निर्णय भएको जानकारी दिए । उनले भने–‘शव व्यवस्थापन नहुँदा गर्मीको समयमा दुगन्ध फैलिदा झनै समस्या हुने गरेको पाएका छौ, यसको दिर्घकालिन व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकासंग आग्रह गर्ने निर्णय गरेका छौं ।

नयाँ ठाउँको टुङ्गो नलाग्दासम्म शव उठाउन नसकिने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काबताउछन् । उनले जग्गा अभावको कारण थप समस्या सृजना भएको भन्दै यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए । पछिल्लो समय बुटवल तथा आसपासको क्षेत्रमा बेवारिस शव फेला पर्ने क्रम बढ्दै गएको छ ।

उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शव बुटवल–४ मैनाबगरमा व्यवस्थापन गर्दै आए पनि उक्त स्थान मानव बस्तीले भरिएपछि नयाँ स्थानको खोजी भइरहेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ मा १ सय १ शव व्यवस्थापन गरेको थियो ।

चालू आवको हालसम्मको अवधिमा २८ ओटा शव व्यवस्थापन गरेको छ । बेवारिसे शव अधिकांश मधेशी मूलका मानिसको रहने गरेको अस्पतालको भनाइ छ । उपमहानगरपालिकाले शव व्यवस्थापन गर्न पुराना घाट, सामुदायिक वन वा सार्वजनिक जग्गाको खोजी गरिरहेको बताएको छ ।

अस्पतालका अनुसार १ महीनामा १५ ओटाको हाराहारीमा शव सङ्कलन हुन थालेका छन् । जिल्लाका जुनसुकै स्थानमा फेला परेका शव तथा अस्पतालमा आएका दुर्घटनाका मृतकको शव सनाखत गर्न अस्पताल राखिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई