2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खोचलेक–रिम सडकले आधादर्जन घर जोखिममा

साउन २७, बैतडी । बैतडीका विभिन्न क्षेत्रमा खनिएका ग्रामीण सडकले पहिरोको जोखिम बढाएको छ ।  बिना अध्ययन खनिएका सडकले स्थानीयबासिन्दा बढी जोखिममा परेका छन् । 

बैतडी दोगडाकेदार गाउँपालिकाको दुर्गम वडा नं–१ रिममा खनिएको सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन् । 

रु एक करोड बढी रकम खर्चेर गतवर्ष निर्माण  गरिएको उक्त सडकले वर्षा शुरु भएसँगै पहिरोको जोखिम बढाएको छ । दोगडाकेदार गाउँपालिका–१ भुल्गाउँका छ घर पहिरोको जोखिममा परेको वडाध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिनुभयो । परमले भुल, मन्धिरे भुल, चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेका उहाँले बताउनुभयो ।

घरमुनिबाट सडक खनिएकाले घरहरु पहिरोको जोखिममा परेका हुन् । सडक निर्माणले पहिरोको जोखिममा परेकाले उनीहरु जोखिममै रहेका घरमा बस्न बाध्य भएका छन् ।

जोखिममा रहेको घरपरिवारका सदस्य दिनमा घरबाहिर बस्ने भए पनि रातको समयमा पालैपालो गरेर सुत्ने गरेका छन् । पहिलो पटक सडक पुग्दा खुशी भएका त्यस क्षेत्रका नागरिक वर्षा शुरु भएसँगै पहिरो जान थालेपछि चिन्तित बनेका छन् ।

उनीहरुले गाउँपालिकालाई सुरक्षित वासस्थानको लागि आग्रहसमेत गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित डाङ–कपडा सडकले पनि क्षति पु¥याएको छ । 

यता गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने सडकले क्षति पु¥याएको भए पनि सडक मर्मतसम्भारको काम तत्काल हुन नसक्ने बताउनुभयो ।

वर्षा सकिएपछि मात्रै मर्मतसम्भारको काम हुने भन्दै उहाँले सामान्य पहिरोको जोखिममा परेकाका लागि गाउँपालिकाबाट कुनै योजना नरहेको बताउनुभयो ।

घरनै पहिरोेले क्षति पु¥याए र अन्य कुनै ठूलो क्षति भए गाउँपालिकाले सुरक्षित बासस्थान तथा राहत दिनसक्ने अध्यक्ष कार्कीकोे भनाइ छ । 

खोचलेक–मल्लाढिक–सित्तड–रिम सडक दोगडाकेदार गाउँपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारको रु एक करोड बढी लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले