2026-09-13 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पत्रकारको दुर्घटनाबाट मृत्यु

साउन ३२, रुपन्देही | रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक  पत्रकारको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपाल रुपन्देही तथा बुटवल टुडेका संवाददाता ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

प्रहरीका अनुसार उछिन्ने क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेर स्कारपियो पल्टिएको हो । समो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक रुपन्देही सियारी गाउँपालिका ५ का ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् । 

कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकोमा, थारुको टाउको र अनुहारमा र चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । घाइतेमध्ये चालक भण्डारी गम्भीर रहेको उहाँले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन