Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार अभियुक्त पक्राउ

२०७६, ३ भाद्र मंगलवार १०:३५

भदौ ३, रौतहट । गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का रामएकवाल सहनी रहेका छन् । सहनीलाई सोमबार साँझ गरुडा–२ को झाँझपुलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०६७ साल मंसिर १७ गते ईलाका प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली प्रहार गरीे उनको साथमा रहेको ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेर सहनी फरार थिए ।

सर्लाहीको भवानीपुर ३ सुकुमारी मन्दिर नजिकै तत्कालिन भूमिगत संगठन तराई मुक्ती मोर्चा र प्रहरीबीच गोली हानाहान हुनेक्रममा उक्त हतियार लुटिएको थियो । सो समूहका ५ मध्ये २ जनाको मृत्यु भइसकेको र एक जना केही महिनाअघि पक्राउ परिसकेको उनले बताए । उक्त घटनामा संलग्न एक आरोपी अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीलाई हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक कारवाहीका लागि सर्लाहीको जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश