पढ्न करिब 1 मिनेट लाग्छ
<p>भदौ १७, काठमाडौं | पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् | वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।<br></p><p>गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।</p><p>उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।</p>

