2026-07-03 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बालिका अपहरणगर्ने भारतीय नागरिक पक्राउ, मुख थुनेर जंगलमा राखेको

2019-09-06

भदौ २०, काठमाडौँ | बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा–२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो । अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । 

निगमले शुक्रबार बिहान रोहिणी गाउँपालिका–२ स्थित बैकुण्ठपुर घर भएकी ५ वर्षीया नाबालिकालाई अपहरण गरेका थिए । डीएसपी भण्डारीले बालिका अपहरणको खबर पाएलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो ।प्रहरीका अनुसार आफ्नो आँगनको घरमा खेलिरहेको बेला निगमले बालिकालाई फकाएर घरनजिकैको ३०० मिटर दुरीमा रहेको जंगलमा लगेका थिए । निगम विगत १ वर्षदेखि नेपालमा पेन्टिङको काम गर्दै आएका थिए । 

शुक्रबार बिहान ८ः३० बजेदेखि १० बजेसम्म पनि परिवारले छोरीलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपहरणकारीको खोजी गर्दै जाँदा घर नजिकैको रोहिणी जंगलमा नाबालिकाको मुख थुनेर लुकेर बसेको संकेत पाएपछि त्यसकै आधारमा खोजी गरिएको प्रहरीको भनाइ छ |

प्रहरीका अनुसार निगमले बालिका अपहरण गर्नुको कारण नखुलेको र प्रहरीको बयानमा पनि केही बताएका छैनन् । यसअघि बालिकाको परिवार र निगमको चिनजान समेत नरहेको पाइएको छ । अपहरणकारी निगममाथि प्रहरीले अपहरण र शरीर बन्धक मुद्दामा कारबाही अघि बढाउने उनले बताए । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो