Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारको लागि रोजगारी पसल सञ्चालन

२०७६, २१ भाद्र शनिबार १५:२४

भदौ २१, बाँके | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि रोजगारी पसल सञ्चालन भएको छ । बेरोजगार व्यक्तिको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले पसलको  उद्घाटन गर्दै नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने सवल र दक्ष कामदारको माग सहज रुपमा पुर्याउनका लागि रोजगार पसलले मद्दत गर्न सक्ने बताउनुभयो । 

रोजगारी पसलका प्रबन्ध निर्देशक गिरीले पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेको लागि पुलको काम गर्ने जानकारी दिनुभयो । 'हामीले रोजगारदाता सङ्घसंस्थाले गरेको मागअनुसार दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछौं', उहाँले भन्नुभयो, 'विदेशमा गएर पसिना बगाउनुभन्दा सीप सिकेर सीपअनुसार जागिर नेपालमै गरी आयआर्जन गर्न सकिनेछ ।' 

सन् २०१२ मा स्थापना भई देशका काठमाडौँ, इटहरी र पोखरा जस्ता शहरबाट पसलले यस प्रकारको सेवाप्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जिव निरौलाले बताउनुभयो । हालसम्म देशैभरीबाट एक लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उहाँको दाबी छ । 

उहाँका अनुसार, पसलमा हाल पाँच हजार बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । रोजगारी पसल नेपालगञ्जका शाखा प्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने बताउनुभयो । 

उहाँका अनुसार, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ