राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश

साझासवाल

<p>&nbsp;<b>भदौ २२, बैतडी । </b>राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत&nbsp; अन्य&nbsp; पार्टीका एक दर्जन बढी नेता/कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।&nbsp;</p><p>सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कँुवर (विजयसुन्दर)ले टीका लगाई स्वागत गर्नुभयो ।</p><p> नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्तक्र्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।&nbsp; नेकपाका सुर्नया&nbsp; गाउँपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो ।&nbsp;</p>

Leave a Comment

Leave a Reply